भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले पुनः १२२ औ सहयोग हस्तान्तरण गरेको छ।
आर्थिक अवस्था नाजुक फोक्सोमा समस्या परी उपचार गर्न आर्थिक समस्या परेका पश्चिम रुकुम जिल्ला सानिभेरी-५ की भाइरल बाल गायिका सुरक्षा बाँठा मगर लाई मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको सक्रियतामा रू.१५,९४४ रुपैंया सहयोग हस्तान्तरण गरिएको हो।
।
हाल सम्म मगर संसारले १ सय २२ जनालाई आर्थिक सहयोग गरिसकेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij