बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कैलालीमा अविरल वर्षापछि आएको बाढीका कारण झण्डै १५ सय घर डुबानमा

कैलालीमा अविरल वर्षापछि आएको बाढीका कारण झण्डै १५ सय घर डुबानमा

images
  • 216
    SHARES

  • images
    images
    images
    कैलालीमा अविरल वर्षापछि आएको बाढीका कारण झण्डै १५ सय घर डुबानमा
    images
    images
    images

    गुराँस मिडिया। कैलालीमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले झण्डै १५ सय घर डुबानमा परेको प्रशासनले जनाएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार जिल्लाको भजनी, लम्कीचुहा, नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। कैलारी गाउँपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही वडामासमेत बाढी बस्तीमा पस्दा केही घरपरिवार प्रभावित भएका छन्।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भजनी नगरपालिकामा करिब १ हजार बढी घर डुबानमा परेका छन्। यस्तै भजनीमा करिब ८०० जना मानिस प्रभावित भएको बताइएको छ।

    images
    images
    images

    उनकाअनुसार भजनी नगरपालिका–१, ३, ५, ७, ८ र ९ मा बाढी बस्तीमा पसेपछि घरहरु डुबानमा परेका हुन्। यस्तै जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, लम्कीचुहा नगरपालिकाका अधिकांश टोल र बस्ती लगायत धनगढी उपमहानगरपालिका १३ को श्रीलंका टोलमा पनि डुबान भएको छ।

    बाढीले प्रभावित भएका यी स्थानीय तहमा पूर्ण तथा आंशिक गरेर करीब ६ हजार मानिस विस्थापित भएको अनुमान गरिएको छ। बाढीले सबैभन्दा बढी प्रभावित भएको भजनी नगरपालिकामा विस्थापित भएका मानिसहरुलाई स्थानीय विद्यालयहरुमा व्यवस्थापन गरिएको छ।

    यस्तै प्रहरीकाअनुसार अहिलेसम्म बाढीले धनगढी उपमहानगरपालिका–१३ मा स्थानीय नालामा माछा मार्न गएकी १९ वर्षीय नविना चौधरीको बगेर मृत्यु भएको छ। उता, चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिसिर चौधरी पनि घाइते भएका छन्। उनीहरुको उपचार जारी छ। 

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आश्विन १ २०७९०७:३०:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij