बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाका बहुमत वडाध्यक्षद्वारा कार्यपालिका बैठक बहिष्कार

देवदह नगरपालिकाका बहुमत वडाध्यक्षद्वारा कार्यपालिका बैठक बहिष्कार

images
  • 128
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाका बहुमत वडाध्यक्षद्वारा कार्यपालिका बैठक बहिष्कार
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाका बहुमत वडाध्यक्षले नगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेका छन् । पालिकाका १२ वटा वडामध्य ७ जना वडा अध्यक्ष र १ जना कार्यपालिका सदस्यले शुक्रबार सम्पन्न पालिकाको १३२औं बैठक बहिष्कार गरेका हुन् । 

    शुक्रबार चलिरहेको बैठकबाट वडा नं. १ का वडा अध्यक्ष दिपक प्रसाद नेपाल, वडा नं. ३ का कार्यबाहक अध्यक्ष अम्रिका प्रसाद थारु, वडा नं. ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं. ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, वडा नं. १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं. ११ का वडा अध्यक्ष दुधनाथ यादव, वडा नं. १२ का वडा अध्यक्ष डेग बहादुर सारु र कार्यपालिका सदस्य ओम बहादुर परियारले कार्यपालिका बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर आफुहरू बाहिरिएको बताए ।  

    images
    images
    images

    बैठक बहिष्कारपछि  पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगरप्रमुख धुर्ब प्रसाद खरेलले बहुमतको दम्भ देखाएको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै वडा नं. १० का वडा अध्यक्ष यक बहादुर सुनारले नगर अस्पताल सञ्चालनका विषयमा नगरसभामा छलफल नै नगरी बजेट किताबमा दरबन्दी सहितको व्यहोरा आँफुहरुको जानकारीबिना छापिएको साथै प्रमुखको स्वकीय सचीव तथा कृषि शाखा र नगरको वडा नम्बर १ को स्वास्थ्य संस्थामा कुनै जानकारी तथा औपचारिक प्रक्रियाबिना मनोमानी ढंगले ज्यालादारी कर्मचारी भर्ना गरिएको कुरामा असहमती जनाउँदा नगरप्रमुखले बहुमतको दम्भ देखाएको आरोप लगाए । अघिल्लो नगर सरकारले अगाडि बढाएको नगर अस्पतालको योजना अन्तर्गत अस्पताल निर्माणाधीन अवस्थामा रहेको उल्लेख गर्दै उनले पुर्वाधार निर्माण नगरी हतार हतार अस्पताल सुरु गर्नेगरि बिना छलफल कर्मचारी मागको सूचना प्रकाशन गरिएको भन्दै आपत्ति जनाए ।

    त्यसैगरी नगर सभाले नगरमा कार्यरत अस्थाई तथा करार कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोषका लागि कर्मचारीको तलबबाट ११ प्रतिशत र नगरबाट २० प्रतिशत गरि अघिल्लो स्थानीय सरकारकै निर्णयलाई निरन्तरता दिने निर्णय गरेकोमा योजना किताबमा उक्त कोषको सन्दर्भमा आवस्यकता हेरी कार्यपालिकाको निर्णय अनुसार गर्ने भन्ने लेखिएको दावी गर्दै उनले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले मनोमानी ढंगले निर्णय गरेको बताए ।

    बैठक बहिष्कार गरेका ७ जना वडा अध्यक्षमध्य वडा नं. ११ का अध्यक्ष र एक कार्यपालिका सदस्य राप्रपाबाट उम्मेदवार भनेर निर्वाचित भएका हुन भने अन्य ६ जना वडा अध्यक्षहरू नेपाली कांग्रेसबाट बिजयी जनप्रतिनिधि हुन् ।

    देवदहवासीको हितमा ध्यान दिएर कानुनसम्मत निर्णय गरेको छु : नगरप्रमुख खरेल 

    ७ जना वडा अध्यक्ष र १ कार्यपालिका सदस्य सहित ८ जना कार्यपालिका सदस्यले लगाएको आरोपको नगर प्रमुख धुर्ब प्रसाद खरेलले खण्डन गरेका छन् । आफ्नै कार्यकक्षमा संचारकर्मीसंग कुरा गर्दै प्रमुख खरेलले आफुले देवदहवासीको हितमा ध्यान दिएर कानुनसम्मत निर्णय गरेको दावी गरेका हुन् ।

    देवदहको गौरवको रुपमा रहेको नगर अस्पताल स्वास्थ्य बिमा रिफरका लागि तुरुन्त सञ्चालन गर्नुपर्ने आवस्यकता रहेकाले १ सय ३० औँ कार्यपालिका बैठकमा नगर अस्पताल सञ्चालनको निर्णय भएको र दलगत प्रतिनिधिहरुले समेत निकै सौहार्दपूर्ण रुपमा सहमति जनाएको अवस्थामा जनप्रतिनिधिहरुले असहयोग गर्न खोजेको उनको भनाई छ । अस्पतालका लागि अत्यन्त आवस्यक ६ जना कर्मचारीको विज्ञापन गरिएको बताउँदै खरेलले कुनैपनि कर्मचारीको नियुक्ति अपारदर्शी नहुने दावी गरे । साथै ज्यालादारी कर्मचारी अत्यन्तै आवस्यक परेकाले केही समयका लागि मात्र राखिएका उल्लेख गर्दै उनले त्यसमा आपत्ति जनाउनुपर्ने अवस्था नरहेको  जिकिर गरे ।

    अहिले असहमति जाहेर गरेका जनप्रतिनिधिलाई समेत सहमतिमा लिन अधिकतम प्रयास गरिने र नगरपालिकाले यहि असोज १० गते घटस्थापनाको दिन नगर अस्पताल उद्घाटन गर्ने उनले बताए ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आश्विन ८ २०७९०८:२१:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij