बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाको गौरवको आयोजना 'देवदह नगर अस्पताल' संचालनमा आउंदै

देवदह नगरपालिकाको गौरवको आयोजना 'देवदह नगर अस्पताल' संचालनमा आउंदै

images
  • 189
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाको गौरवको आयोजना 'देवदह नगर अस्पताल' संचालनमा आउंदै
    images
    images
    images

    देवदह । देवदह नगरपालिकाले नगरको गौरवको रुपमा रहेको देवदह नगर अस्पताल असोज १० गते उद्घाटन गर्ने भएको छ । शुक्रबार सम्पन्न नगरकार्यपालिकाको १३२ औं  वैठकले १० शैयाको नगर अस्पताल उद्घाटन गर्ने निर्णय गरेको हो ।

    साउन ३० गतेको कार्यपालिका बैठकले नगर अस्पताल संचालनको लागि आवश्यक पुर्वधार तयारी अन्तिम अवस्थामा रहेकोले १० बेडको नगर अस्पताल संचालन गर्ने निर्णय सर्वसम्मत गरेकोले शुक्रबारको कार्यपालिका बैठकले असोज १० गते अस्पतालको उद्घाटन गर्ने निर्णय गरेको हो देवदह । देवदह नगरपालिकाले नगरको गौरवको रुपमा रहेको देवद नगर अस्पताल असोज १० गते उद्घाटन गर्ने भएको छ । शुक्रबार सम्पन्न नगरकार्यपालिकाको १३२ औं  वैठकले १० शैयाको नगर अस्पताल उद्घाटन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images


    हेर्नुहोस् नगरकार्यपालिकाको १३२ औं कार्यपालिका वैठकले गरेका निर्णयहरु 

    १. देवदह नगरपालिकाको १३२ औ कार्यपालिका बैठक सप्पन्न   भएको छ। नगर प्रमुख धुर्व प्रसाद खरेल ज्युको अध्यक्षतामा सप्पन्न बैठकले देवदहकै गौरवको रुपमा रहेको देवदह नगर अस्पताल यहि असोज १० गते उदघाटन गर्ने निर्णय गरेको छ। बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय गरेको छ।

    २. साथै जिल्ला समन्वयन समितिको नदि जन्य पदार्थ सम्बन्धि निर्णय सम्बन्धमा छलफल गरि  अबैधानिक स्टकको हकमा प्राप्त कागजातहरु आवश्यक निर्णयका लागि जिल्ला समन्वय कार्यलय रुपन्देहीमा पेश गर्ने निर्णय गरेको छ।

    ३.  देवदह नगरपालिका कार्यक्षेत्र भित्र लाग्ने साप्ताहि हाट बजारहरुको राजस्व संकलन सम्बन्धमा  पुन ठेक्का बन्दोबस्त गर्ने निर्णय गरेको छ।

    ४.  बैठकले लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण रणनीति २०७८ स्वीकृत , देवदह नगरपालिका उपप्रमुख सङ महिला कार्यक्रम संचालन कार्यबिधी २०७६ संसोधन गर्ने निर्णय गरेको छ।

    ५.  देवदह नगरपालिकाको कार्यक्षेत्रभित्र रहेको मुख्य सडकको  (हाइवे) ८२ फुट भित्र रहेको ठेला, ब्यापारी एब ब्यवसायीहरु सङ नगरपालिकाले छलफल गरि उक्त  पसल, निर्माण सामाग्री  लगायतका संरचना हटाउनको लागि १५ दिने सूचना जारी गर्ने। उक्त सडक केही समय भित्रनै बुटवल नारायण सडक आयोजनाले निर्माण बिस्तार गर्ने क्रममा रहेको, चाडपर्वमा सडकमा भिडभाड, सडकनै कुरुप र दुर्घटनाको जोखिम रहेको हुँदा सम्पुर्ण ब्यावसायीलाई विनम्रताका साथ सडक खालि गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

    ६.  सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्रगत एक देखि ब्राह वडा सम्मका १७५ लाभग्राहीहरुलाई सम्झौता अनुरुप पहिलो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको छ।

    ७.  देवदह नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आश्विन ८ २०७९०७:४३:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij