केशव पराजुली। आत्मरक्षा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र स्तरिय १० औं साधारण सभा अन्तर्गत चरङ्गे सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जित बहादुर पाईजाको अध्यक्षतामा भएको सेवा केन्द्रको साधारण सभामा कार्यक्रमका प्रमुख अतिथी देवदह १० का अध्यक्ष यक बहादुर सुनारले सहकारीहरु प्रजातान्त्रिक ढंगले चल्न र शेयर सदस्यहरुलाई सबै किसिमको सुचना प्रवाह गर्न आग्रह गर्नु भयो ।

सोही कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुनारले घर आँगनमा आएको सहकारीहरुको स्थानियले भरपुर फाइदा उठाउनु पर्नेमा जोड दिनु भयो । साधारण सभामा संस्थाका अध्यक्ष जित बहादुर पाईजाले प्रगति प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवलका ब्यवस्थापक नारायण बेल्वासे, संस्थाका सल्लाहाकार चन्द्र बहादुर रसाईली लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष अमर लामिछानेको स्वागत तथा सचिव होमनाथ ढुंगानाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij