देवदह । देवदहमा आयोजित रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । देवदह नगर अस्पताल उद्घाटनको अवसरमा देवदह प्रेस क्लबद्वारा आयोजित सोमबार आयोजित रक्तदान कार्यक्रममा ६३ युनिट रगत जम्मा भएको प्रेस क्लबका सचिव निर्मल थापाले बताए ।

नगर अस्पताल र रक्तदान कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुर्ब प्रसाद खरेलले स्वास्थ्य मानव जीवनको पहिलो र अपरिहार्य पक्ष भएकाले त्यसको व्यवस्थापन, विकास र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आफुहरु निर्वाचिन भएलगत्तै विशेष रुपमा योजनाहरु अगाडि बढाएको बताए । सो अवसरमा नगर अस्पताल शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि पुण्यको काम गरेकोमा प्रमुख खरेलले क्लबलाई धन्यवाद दिएका थिए ।

सो अवसरमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे लगायत जनप्रतिनिधि र कर्मचारीहरू तथा स्थानीय राजनीतिक दल र सामाजिक संघसंस्थाको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij