बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगर अस्पताल आज देखि शुभारम्भ

देवदह नगर अस्पताल आज देखि शुभारम्भ

images
  • 128
    SHARES

  • images
    images
    images
    देवदह नगर अस्पताल आज देखि शुभारम्भ
    images
    images
    images

    देवदह । देवदहको स्वास्थ्य क्षेत्रमा गौरवको योजनाको रुपमा रहेको देवदह नगर अस्पताल उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गरिएको हो ।

    देवदह नगर अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्वास्थ्य मानव जीवनको पहिलो र अपरिहार्य पक्ष भएकाले त्यसको व्यवस्थापन, बिकास र सेवा गुणस्तर कायमका लागि आफुहरु निर्वाचन भएलगत्तैदेखि नै विशेष रुपमा योजनाहरु अगाडि बढाएको उल्लेख गर्नुभयो । उहाँले रिफर सेन्टरको लागि आम जनता बुटवल धाउनुपर्ने झन्जटले गर्दा नगरमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको अवस्थामा अब नगर अस्पताल सञ्चालन भएसँगै यसलाई रिफर सेन्टरको रुपमा प्रयोग गर्ने गरि योजना बनाएको जानकारी दिनुभयो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले स्वास्थ्यलाई संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकलाई उक्त हकको प्रत्याभूति दिन नगर अस्पतालले उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । नगर अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिका गम्भीर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवाको प्रवाहमा जिल्लाभरमा तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालन सँगै देवदहको स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय डेँगीको संक्रमण बढिरहेकाले हरेक परिवार तथा समुदायलाई यसबारे जानकारी गराउनुपर्ने आवस्यकता औँल्याउनुभयो ।

    स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेसका संयोजक जनक साउदले स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य सेवामा ठूलो काम गरेको उल्लेख गर्दै देवदह नगर अस्पताललाई स्वास्थ्य बिमा रिफर सेन्टरको रुपमा अगाडि बढाउने र त्यसका लागि आफ्नो पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    देवदह स्वास्थ्य चौकीका पुर्व प्रमुख जयकिसन अधिकारीले आँफुले २२ वर्ष देवदह स्वास्थ्य चौकीमा व्यतीत गरेको स्मरण गर्दै नगर अस्पतालको उद्घाटनले स्वास्थ्य क्षेत्रको बिकासको ढोका खोलेको उल्लेख गर्नुभयो ।

    नेकपा एमाले देवदहका कार्यवहाक अध्यक्ष हिरा थापाले नेताहरु मञ्चमा मीठो कुरा गर्ने तर व्यवहारमा त्यस्तो नहुने उल्लेख गर्दै अस्पतालको बिकासका लागि कुनै राजनीतिक पुर्वाग्रह नराखी काम गर्नुपर्ने बताउनुभयो ।

    नेपाली कांग्रेसका देवदह नगर सभापति गुणाखर भुर्तेलले अस्पताल सकेसम्म देवदह क्षेत्रकै स्वास्थ्यकर्मी मार्फत सञ्चालन गर्न सके बढी अपनत्व हुने बताउनुभयो ।

     नेकपा माओवादी केन्द्रका देवदह अध्यक्ष गोविन्द बहादुर ठडराईले नगरभित्र ठूलो पहुँच नभएका धेरै आम जनता रहेको उल्लेख गर्दै अस्पतालमा सामान्य भन्दा सामान्य जनता आउँदा पनि महत्वपूर्ण ढंगले सेवा दिनुपर्ने बताउनुभयो ।

    वडा नम्बर ५ का पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपानेले ठेकेदारको कारणले नगर अस्पताल भवन समयमै सम्पन हुन नसकेको अवस्थामा पनि ननगरपालिकाले नगर अस्पतालको उद्घाटन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमालेका नेता ऋषिराम सापकोटा, श्रीकृष्ण पोलिक्लिनिकका सञ्चालक कृष्ण गैरे, नेकपा एकीकृत समाजवादीका देवदह अध्यक्ष डिल्लीराम सापकोटा, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, कार्यक्रममा देवदह मेडिकल कलेजका गोपाल प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्दै नगर अस्पातालले देवदहको स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    उक्त अवसरमा देवदह स्वास्थ्य चौकीका पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, पुर्व सदस्य दुर्गादत्त शर्मा र विष्णु पाण्डेलाई सम्मान गरिएको थियो ।

    अस्पताल उद्घाटनको अवसरमा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । देवदह प्रेस क्लबको आयोजना र देवदहका विभिन्न क्लव, वन, सामाजिक संघ संस्थाको सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रम मार्फत ६३ प्वाइन्ट रगत संकलन भएको देवदह प्रेस क्लवका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिनुभयो ।

    अघिल्लो स्थानीय सरकारले नगर अस्पताल निर्माण अगाडि बढाएको भएपनि अस्पताल भवन निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएपछी हाललाई देवदह स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल सञ्चालन गरिएको हो । भवन निर्माण सम्पन्न भएपछी अस्पताल स्थानान्तरण गरिने नगरले जनाएको छ ।

    कार्यक्रम नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत तथा प्रमुख स्वास्थ्य प्रमुख काशीनाथ वञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, आश्विन १० २०७९०९:०६:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij