गुराँस मिडिया। सामाजिक कार्यमा क्रियाशील फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले रोल्पाकी सामना मगरलाई ४ लाख ६० हजार ४ सय २८ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको छ। ग्रुपका संस्थापक/अध्यक्ष अनिल लामिछाने मगरको विशेष पहलमा संकलित सहयोग रकम मगरलाई हस्तान्तरण गरिएको हो।
५ बर्ष अघि 'भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ" र दिन,दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार फोटो ग्यालरीले हाल सम्म १२५ जनालाई सहयोग गरिकेको र अध्यक्ष अनिल लामिछानेको बिशेष पहलमा मगर संसार द्वारा आर्थिक अवस्था कमजोर भएकी रोल्पा जिल्ला माडी -५ हाल काठमाडौं डेरा गरी बस्नु हुने खिम ब.घर्ति मगर र ममता बाठा मगरको जेठी छोरी कक्षा ८ मा अध्ययनरत १५ बर्षीय सामना घर्ति मगरको कृतिम खुट्टा लगाउनका लागि रकम संकलन गरिएको थियो।
सामनाले ९ महिनाको उमेरमा खाना पकाउने अगेना (आँगोमा) परी खुट्टा जलेर दुबै खुट्टा गुमाउन पुगेकी थियिन।
सहयोग रकम मगर संसारका एडमीन गमित्रा मगर सँगै लालीगुराँस डट कामका संचालक कमल सरगमको उपस्थितिमा असोज ९ गते सामना मगरको डेरामा पुगी हस्तान्तरण गरिएको हो ।
सहयोग अभियान एक महीना सम्म पर्सनल फेसबुक आईडी र मगर संसार फोटो ग्यालरी ग्रुप भित्र चलाइएको थियो।
अभियानमा कोरिया,अमेरिका, मलेशिया, दुबई, साउदी, कतार ,कुबेत, इंडिया, क्यानाडा, हङकङ,जापान,नेपाल रोमाननिया,इराक, लण्डन लगायत देशमा बसोबास गर्नुहुने मनकारी मगर ,अमगर साथीहरुले सहयोग पठाउनु भएको मुख्य अभियन्ता अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
हाल अनिल लामिछाने मगर कामको सिलसिलामा द.कोरिया छन भने उहाँको नेतृत्वमा आजसम्म १२६ दीन,दुखी, गरीब पिडित बिरामिलाई अनलाइनको माध्यम बाट सहयोग गरी सकेको समेत जानकारी दिनु भयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij