देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)देवदहले विजयादशमी, शुभ दीपावली , छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि एक नारायण काफ्लेले नेपालीहरुको महान चाडहरु मनाउँदा सभ्य र संस्कृति संरक्षणको लागि मनाउनु पर्नेमा जोड दिनुभयो । वहाँले चाडपर्वले हामी नेपालीहरुको बिचमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको सन्देश दिने भन्दै चाडपर्वले हुनेखाने र हुँदा खाने सबैलाई खुशी पार्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
प्याब्सन रुपन्देहीका सह सचिव तथा नगर प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले चाडपर्वलाई मर्यादित बनाउनको लागि नेपालीहरुले तडकभडकलाई त्याग्नु पर्ने बताउनुभयो । वहाँले नेपाली पर्वहरु धार्मिक, वैज्ञानिक, सामाजिक र ऐतिहासिक महत्वसँग जोडिएकाले पछिल्लो पुस्ताले यसको महत्वलाई बुझेर पर्व मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्याब्सन रुपन्देहीका जिल्ला सदस्य तथा नगर सल्लाहकार महेश पराजुली, सदस्यहरु गुरुप्रसाद पौडेल, विष्णुप्रसाद अर्याल र नारायणी पब्लिकका प्रिन्सिपल तथा पूर्व कार्यसमिति सदस्य प्रेम नारायण केवट लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष राम बहादुर गुरु¨को अध्यक्षता, सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij