बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

भारतले बनेको लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’

भारतले बनेको लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’

images
  • 119
    SHARES

  • images
    images
    images
    भारतले बनेको लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’
    images
    images
    images

    काठमाडौं। भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ। दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो।

    उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन्। भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन्।

    images
    images
    images

    यो हेलिकोप्टरको निर्माण हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले गरेको हो। यसमा हाल ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको छ। भविष्यमा ५५ प्रतिशत सामान स्वदेशकै प्रयोग गर्ने लक्ष्य छ।

    प्रचण्ड नामको यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिन्छ। 

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन १८ २०७९११:४६:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij