बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई,थेसो बने उपविजेता

प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई,थेसो बने उपविजेता

images
  • 285
    SHARES

  • images
    images
    images
    प्रथम लाफा भलिबल कपको उपाधि बाग्लुङलाई,थेसो बने उपविजेता
    images
    images
    images

    नेपाल मगर संघ द.कोरिया थेगु शाखा द्वारा आयोजित प्रथम लाफा भलिबल कप २०२२ सम्पन्न भएको छ।

    "स्वास्थ्य र मनोरञ्जनको लागि खेल,परदेशमा नेपालीहरूको मेल" भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखा द्वारा समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनार्थ प्रथम लाफा भलिबल कप आयोजना गरिएको थियो। 

    images
    images
    images

    कार्यक्रमको सभापति चिरन थापा मगर,प्रमुख अतिथि नेपाल मगर संघ द. कोरिया केन्द्रका अध्यक्ष टेक पुन मगर,बिशिष्ट अतिथि नरेश थापा  मगर(संरक्षक मगर संघ थेगु शाखा ),अतिथिहरुमा धन सलामी मगर(अध्यक्ष मगर संघ किम्हे बुसान शाखा ),गोपाल तुमिंग(( मगर समाज गजेडो),भानु घिमिरे(अध्यक्ष थेगु नेपाली मंच),रमेश राना मगर(संरक्षक स्याङ्जा परिवार थेगु शाखा /थेगु मञ्च),मित्र सोती मगर( अध्यक्ष स्याङ्जा परिवार थेगु शाखा),निमेश गुरूङ(अध्यक्ष नेपाली परोपकार समाज गुजी),ज्ञानु श्रीस मगर(अध्यक्ष बागलूङ समाज थेगु शाखा),जीतन भाई श्रीस मगर(संस्थापक अध्यक्ष/संरक्षक लोक दोहोरी गीत प्रतिष्ठान कोरिया),अनिल लामिछाने मगर(अध्यक्ष/सामाजिक अभियंता मगर संसार फोटो ग्यालरी),नरेश श्रीस मगर &परी गुरुङ श्रीस मगर(रेस्टूरेंट संचालक),QS रेमित (तारा मगर) सचिव नेपाल मगर संघ द. कोरिया,मायालु रेस्टुरेंट ,रेशम पौडेल (सचिव बागलूङ् समाज केन्द्र),गणेश गुरुङ्(अध्यक्ष तमु धि थेगु शाखा),तिलक तामाङ((सल्लाहकार तामाङ घेडूंग ख्याङसाङ्  /कोषाध्यक्ष  थेगु नेपाली मञ्च),सन्तोष कस्यप (सचिव थेगु नेपाली मंच) उपस्थित रहेको उक्त  कार्यक्रममा औपचारिक कार्यक्रम संघका  महासचिव खडक घर्ति मगरले सञ्चालनमा सम्पन्न भएको थियो। 

    थेगु स्थित गुजी भलिबल खेल मैदानमा अक्टूबर २ तारिक सम्पन्न मैत्रीपूर्ण नक-आउट भलिबल प्रतियोगितामा कोरिया भरिबाट २० टिमको सहभागी रहेको थियो।१९ टीमलाई पछि पार्दै बाग्लुङ समाज "A"प्रथम हुन सफल भएको थियो भने उपविजेता थेसो परिवार 'A'भएको थियो।सान्त्वनामा स्याङ्जा परिवार थेगु शाखा  र गुल्मी सम्पर्क समितिले चित्त बुझाउनु परेको थियो। 

    त्यसै गरी अन्य विधामा उत्कृष्ट स्पाइकर सुमिथ सुनार ,उत्कृष्ट लिफ्टर दिनेश क्षेत्री,उत्कृष्ट डिफेन्डर सुरेश क्षेत्री,उत्कृष्ट ब्लकर रमेश थापा मगर सर्बोकृष्ट खेलाडी सूर्यजंग क्षेत्री,नब प्रतिभा खेलाडी करण ओली घोषित भएको थियो।मञ्चमा आसीन प्रमुख अतिथि सँगै कार्यक्रम संयोजक कमल थापा मगर र खेल संयोजक मित्र सोराली मगर ज्यूँ लागएत अतिथीहरूको हात बाट विजेता उपविजेता टीमलाई पुरस्कार हस्तांतरण गराएको थियो।

    प्रतियोगितामा प्रथम हुनेले २२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र , दोस्रो हुनेले १२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र र सान्त्वना हुने दुई टीमले ३ लाख ५० हजार वन साथै उत्कृष्ट स्पाइकरले ५० हजार वन ,मेडल र सम्मान पत्र ,उत्कृष्ट लिफ्टरले ५० हजार वन ,मेडल र सम्मान पत्र,उत्कृष्ट डिफेंडर ले  ५० हजार वन ,मेडल र सम्मान पत्र र उत्कृष्ट ब्लकरले ५० हजार वन ,मेडल र सम्मान पत्र  प्राप्त गरेको थियो। सर्बोकृष्ट र नव प्रतिभा खेलाडीलाई सम्मान पत्र सहित नगद द्वारा सम्मान गरिएको थियो।

    खेल सम्पन्न गर्न अहम भूमिका निर्बाह गर्नुहुने मुख्य रेफ्रि अनिल लामिछाने मगर, दिलेन्द्र मगर, फट्ट पुन मगर, गजेंद्र कार्की,जीवन अदै मगरलाई समेत सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन १८ २०७९१२:४३:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij