सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्। खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए। बेपत्ता बाबु–छोराको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ। बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij