बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सत्ता गठबन्धनमा आज पनि टुंगो लागेन सिट बाँडफाँट

सत्ता गठबन्धनमा आज पनि टुंगो लागेन सिट बाँडफाँट

लुम्बिनी पाना

images
  • 157
    SHARES

  • images
    images
    images
    सत्ता गठबन्धनमा आज पनि टुंगो लागेन सिट बाँडफाँट
    images
    images
    images

    लुम्बिनी पाना। सत्तारूढ गठबन्धनले मंगलबार (आज) पनि सिट बाँडफाँट टुंगो लगाउन सकेनन्। 

    दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि प्रदेश सभाको मिल्न बाँकी रहेको कार्यदलका एक सदस्यले बताए। बैठक केही बेरअघि सकिएको छ।

    images
    images
    images

    ‘अब भोलि (दिउँसो) ३ बजे फेरि बस्छौं, आज मोटामोटी छलफल भयो, प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन सकेन’, ती सदस्यले भने, ‘समय एकदम कम छ, अब निर्णय गर्दै जाने भनेका छौँ।’

    निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजलाइ तय गरेको छ।त्यो भन्दा अगाडि सहमति नगर्दा समस्या पर्ने भएकाले टीकाकै दिन बुधबार पनि बैठकमा जुट्न लागेको ती नेताले जानकारी दिए।

    प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० मध्ये गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले बागलुङ र प्युठान प्रतिनिधि सभा र प्रदेश सभामा अर्घाखाँची र बागलुङ पाउने सहमति जुटिसकेको छ।तर अन्य चार दलको सहमति भएको छैन। केही प्रदेशमा सहमति नहुँदा रोकिएको नेताहरू बताउँछन्। २० साउनमा सिट बाँडफाटँबारे सहमतिको मस्यौदा तयार पार्न ११ सदस्यीय कार्यदल बनाएर छलफल र मत विश्लेषण भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन १८ २०७९०९:१८:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij