बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट उम्मेदवार बन्ने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट उम्मेदवार बन्ने

images
  • 173
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट उम्मेदवार बन्ने
    images
    images
    images

    लुम्बिनी पाना। २०७४ को निर्वाचनमा चितवन–३ बाट सांसदमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्।

    शुक्रबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    २०६४ मा रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० मा काठमाडौं–१० बाट दोहोर्‍याएर लड्दा पराजित भएका थिए भने भने सिरहा–५ जितेका थिए।

    २०७४ मा चितवन ३ बाट विजयी भएका प्रचण्डले यसपटक गोरखा रोजेका छन् । गोरखा २ मा डा. बाबुराम भट्टराईले निर्वाचन नलड्ने भएपछि उक्त निर्वाचन क्षेत्र प्रचण्डले रोजेका हुन् । प्रचण्डलाई कुनै समयका सहयात्री बाबुरामले साथ दिएका छन् । 

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन २१ २०७९०९:४२:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij