बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

टिकट ट्विस्ट:रुपन्देही १ कांग्रेसले पाएन,माओवादी बाट ओनसरीको चर्चा

टिकट ट्विस्ट:रुपन्देही १ कांग्रेसले पाएन,माओवादी बाट ओनसरीको चर्चा

images
  • 318
    SHARES

  • images
    images
    images
    टिकट ट्विस्ट:रुपन्देही १ कांग्रेसले पाएन,माओवादी बाट ओनसरीको चर्चा
    images
    images
    images

    लुम्बिनी पाना। सत्तारुढ गठबन्धनले टिकट बाँडफाटको अन्तिम खाका सार्वजनिक गरेको छ। सार्वजनिक गरेको खाका अनुसार टिकट  बाँडफाट भयो भने रुपन्देहीको क्षेत्र नम्बर १ नेपाली कांग्रेसले गुमाउने छ। नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपाले समेत दावी गरेको १ नम्बर क्षेत्र पछिल्लो समय जसपा गठबन्धन बाट बाहिरीए पछि माओवादी केन्द्र र कांग्रेसले दावी गरेको थियो। 

    क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको भागमा टिकट आए पनि उम्मेदवारको भने टुंगो लाग्न सकेको छैन।माओवादी निकट स्रोतका अनुसार  ओनसरी घर्ती मगर चुनावी प्रतिस्पर्धा गर्न आउने सम्भावना रहेको बताइएको छ। पूर्व सभामुख समेत रहेकी माओवादी केन्द्रकी नेत्री घर्ति पहिलो संविधानसभामा समानुपातिकबाट सभासद बनेकी थियिन भने दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट विजयी भएर उपसभामुख भएकी थियिन। 

    images
    images
    images

    कांग्रेस बाट अब्दुल रज्जाक उम्मेदवार बन्ने चर्चा भए पनि टिकट बाँडफाट गर्दा माओवादी केन्द्रको भागमा क्षेत्र नम्बर १ परे पछि कांग्रेस भित्र पनि असन्तुष्टि देखिएको छ। बाँडफाटको अन्तिम खाका अनुसारनै सहमति भए क्षेत्र माओवादी केन्द्र र प्रदेशको २ सिट नेपाली कांग्रेसको भागमा पर्नेछ। 

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आश्विन २२ २०७९०८:२१:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij