बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एमालेले गठबन्धन होइन चुनावी तालमेल मात्र गरेको हो:नेता न्यौपाने

एमालेले गठबन्धन होइन चुनावी तालमेल मात्र गरेको हो:नेता न्यौपाने

images
  • 113
    SHARES

  • images
    images
    images
    एमालेले गठबन्धन होइन चुनावी तालमेल मात्र गरेको हो:नेता न्यौपाने
    images
    images
    images

    देवदह । नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले एमालेले कसै संग गठबन्धन नगरेको जिकिर गरेका छन्। एमालेले गठबन्धन नभएर चुनावी तालमेल गरेको बताउंदै तालमेल र गठबन्धन को परिभाषानै फरक रहेको धारणा व्यक्त गरेका छन्। 

    शनिबार प्रेस चौतारी नेपाल रुपन्देही क्षेत्र नं. १ ले देवदहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमालेबाट क्षेत्र नं. १ (२) को प्रत्यासी समेत रहेका न्यौपानेले स्थिर सरकारका लागि एमालेलाई मतदान गर्न आव्हान समेत गरेका छन् । एमालेले चुनावी तालमेल गरेपनि कुनै दलसँग गठबन्धन नगरेको बताउँदै उनले पार्टीले एकल बहुमत ल्याउने र स्थिर सरकार बनाउँने दावी गरे ।

    images
    images
    images

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरू एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर चुनावदेखि सरकार गठनसम्म नै गठबन्धन गर्दै आएको उल्लेख गर्दै उनले भागबन्डाको राजनीतिले देशलाई फाईदा नहुने बताए ।

    कार्यक्रममा एमालेका सल्लाहकार परिषद सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला उपाध्यक्ष जागेश्वरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।प्रेस चौतारीका जिल्ला सदस्य राम बहादुर गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार त्रीलोचन दाहालले गरेका थिए ।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, आश्विन २३ २०७९०६:४८:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij