बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

घनश्याम भुषाल क्षेत्र नम्बर १ बाट चुनाब लड्ने,कांग्रेस भित्र ब्यापक असन्तुष्टि

घनश्याम भुषाल क्षेत्र नम्बर १ बाट चुनाब लड्ने,कांग्रेस भित्र ब्यापक असन्तुष्टि

images
  • 245
    SHARES

  • images
    images
    images
    घनश्याम भुषाल क्षेत्र नम्बर १ बाट चुनाब लड्ने,कांग्रेस भित्र ब्यापक असन्तुष्टि
    images
    images
    images

    बुटवल ।एक दिन अघि मात्र नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसालले रुपन्देहीको क्षेत्र नम्बर १ बाट चुनाब लड्ने भएका छन्। आइतबार मणिग्राम स्थित निवासमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको सहयोगमा आफु स्वतन्त्र उम्मेदवार बन्न लागेको बताएका हुन्। 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको चुनाब चिन्ह बाट उठ्न आग्रह गरेको तर आफु स्वतन्त्र ढंगले साझा उम्मेदवार बन्न चाहेको बताए पछि मध्ये रात १२ बजे नेकपा समाजवादीका अध्यक्ष माध कुमार नेपाल र प्रचण्डले सहयोग गर्ने बचन दिएको भुसालले पत्रकार सम्मेलनका क्रममा बताएका छन्। 

    images
    images
    images

    भुसाल उम्मेदवारी बन्ने चर्चा संगै सत्ता गठबन्धन मध्यकै दल नेपाली कांग्रेस भित्र भने तिब्र असन्तुष्टि देखिएको छ। नेपाली कांग्रेस निकट स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट टिकट पाएको माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउनु पर्ने र स्वतन्त्रलाई समर्थन गरेको खण्डमा नेपाली कांग्रेसले सहयोग गर्न नसक्ने बताएका छन्।  

     

    Open photo

     

    स्वतन्त्र उठाउने भए कांग्रेस भित्र बाटै उमेद्वार बनाएर चुनावी मैदानमा जाने भन्दै कांग्रेस कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेस भित्र असन्तुष्टि संगै सामुहिक राजीनामाको समेत चर्चा बढेको छ। यो संगै रुपन्देही १ को चुनावी भिडन्त रोचक हुने देखिएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, आश्विन २३ २०७९११:१९:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij