देवदह। रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका टिकाराम चापागाईंले विकास निर्माण संगै आर्थिक रुपतान्तरणका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ। देशको अर्थतन्त्र दिन प्रतिदिन खस्कदो अवस्थामा रहेकोले अब आर्थिक क्रान्ति जरुरि रहेको महसुस गर्दै आफुले उम्मेदवारी दिएको समेत चापागाईंले बताउनुभयो।
अर्थिक र राजनीतिक परिवर्तनका निमित्त आफुले ३१ बर्ष पार्टीको राजनीति गरे पनि पछिल्लो समय राजननीतिक दलमा बिकृति विसंगति भित्रिएको विचार ,नीति ,बिधि सिद्दान्तलाई पाखा लगाएर गलत प्रवृति हावी भएकोले आफुले स्वतन्त्र ढंगले उम्मेदवारी दिएको चापागाईंले बताउनुभयो।
आफ्नो गाउँ आफै बनाउ भन्ने नारालाई आत्मसात गर्दै अब स्थानीय स्तरमै आफ्नो नेता आफै छनोट गर्न समेत आम मतदातालाई चापागाईले अपिल गर्नुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij