बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुखबाट लडेर घाइते भएका थापाको उपचारका लागि संकलित रकम हस्तान्तरण 

रुखबाट लडेर घाइते भएका थापाको उपचारका लागि संकलित रकम हस्तान्तरण 

images
  • 565
    SHARES

  • images
    images
    images
    रुखबाट लडेर घाइते भएका थापाको उपचारका लागि संकलित रकम हस्तान्तरण 
    images
    images
    images

    देवदह। रुपन्देही देवदह ५ निवासी रुखबाट लडेर सख्त घाइते भएका ज्ञान बहादुर थापाको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ। एक महिना लुम्बिनी अस्पतालमा उपचार गरि हाल घरमै आराम गरिरहेका थापाको उपचारको लागि संकलित ८१,२२० रुपैंया वरिष्ठ समाजसेवी टेक बहादुर सिँजाली मगरको हातबाट हस्तान्तरण गरिएको हो। 

    नेपाल मगर संघ जिल्ला समिति सदस्य श्री खर सिं श्रीस मगरको प्रमुख आतिथ्यता ,मगर संघ देवदह नगर समिति अध्यक्ष शोभा कुमारी थापा मगर, देवदह मगर संघ सचिव उप सचिव मगर महिला संघ देवदह का अध्यक्ष, मगर महिला वडाका अध्यक्ष,अन्य मगर अगुवा बुद्धिजिवी उपस्थित रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले मगरहरुलाई परेको दुःख समस्यामा एकजुट भएर लाग्नु पर्ने बताउनु भयो। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद थापा मगरले मगर संघ अथवा अन्य संघ संस्थाहरुले पारिवारिक वातावरण मिलेको खण्डमा ज्ञान बहादुरको छोरालाई निःशुल्क अध्ययनको बाताबरण मिलाउन पहल गर्ने बताउनुभयो। साथै मगर संघले गरेको कामलाई धन्यबाद दिँदै मगर संघ एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।

    कार्यक्रम मगर संघ देवदह ५ अध्यक्ष भबिन्द्र प्रसाद थापा मगरको अध्यक्षता, श्री गाहा मगरको स्वागत र हनेरी क्या तारा बहादुर थापा मगरको संचालनमा सम्पन्न भएको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन २५ २०७९०७:३१:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij