निर्मल (एसपी)थापा,देवदह।मङ्सिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका लागि रोचक भिडन्त हुने देखिएको छ।
प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमाले,राप्रपा र जसपा गठबन्धन बाट नेकपा एमालेका सचिब छबिलाल बिश्वकर्माले उम्मेदवारी दिएका छन्।बाम लोकतान्त्रिक अर्थात् नेपली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जनमोर्चाका तर्फ बाट नेकपा एमाले परित्याग गरि गठबन्धनको साझा उम्मेदवारको रुपमा घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमाले नगर अध्यक्ष पद बाट राजिनामा दिई अधिबक्ता टिकाराम चापागाईंले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसरि हेर्दा रुपन्देही १ मा यो पटक कडा र रोचक प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ।
रुपन्देहीको क्षेत्र नम्बर १ मा देवदह नगरपालिकाको १२ वटा वडा,तिलोत्तमा नगरका वडा नम्बर ७, ८,९, १०,११,१२, १५,१६ र १७, ओमसतिया गाउँपालिकाको १,३,४,५,६ र रोहिणी गाउँपालिकाको ७ गरि ३३ वटा वडा रहेका छन्। ३३ वटा वडामा १ लाख ३९ हजार भन्दा बढी मतदाता रहेका छन्।
स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्ने हो भने ९५ हजार देखि १ लाखको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ। स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत परिणाम हेर्दा कांग्रेसले ३२९९९, एमालेले ३०३९४, राप्रपाले १४५५२, जसपाले ६६९५, माओवादीले ४२०२, नेकपा एसले १२४३, लोसपाले ३२५ मत पाएका थिए । यस आधारमा एमाले राप्रपा जसपा गठबन्धनको मत ५१ हजार ६ सय ४१ हुन्छ भने सत्ता गठबन्धनको मत ३८ हजार ७ सय ६९ मत हुन आउंछ ।
यस हिसाबले हेर्ने हो भने १२ हजार बढी मतले बाम लोकतान्त्रिक गठबन्धन पछाडि देखिन्छ। तर ३ जना उम्मेदवारनै एमाले पृष्ठभूमि बाट भएको कारण एमालेले पाएको ३० हजार मत ३ भागमा बिभाजन हुने देखिन्छ।
स्थानीय तहमा वडामा प्राप्त मतलाई आधार मान्ने हो भने नेकपा एमालेको मत विभाजित हुँदा नेपाली काँग्रेसको मतनै निर्णायक हुने देखिन्छ । नेपाली कांग्रेसका मतदाताले इमान्दारिताका साथ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट हाले भने भुसालको विजय सुनिश्चित छ।
तर सार्वजनिक रुपमै बाम एकताको अभियान बोकेर हिडेको भन्ने अभिव्यक्तिका कारण बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भुसाललाई कांग्रेस भित्रै बाट भोट आउनेमा आशंका छ। त्यसै गरि माओवादी भित्र पनि टिकट पाएको क्षेत्रमा पार्टी भित्रै बाट आकक्षि हुँदा हुँदै स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै असन्तुष्टि देखिएको छ।
यता छबिलाल बिश्वकर्माले पनि चुनाब जितेको ५ बर्ष भित्र केहि काम गर्न नसकेको भन्दै एमाले पार्टी भित्रै आलोचना हुने गरेको छ। यसरि हेर्दा यो पटक कसले चुनाब जित्छ भनेर आकलन गरि हाल्ने अवस्था छैन। असन्तुष्ट मत र नयाँ अनुहार मतदाताले चाहान्छ्न।तसर्थ मतदाताले नयाँ अनुहार रोजेको खण्डमा टिकाराम चापागाईंले जित्ने संभावना समेत रहेको छ।
प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्ति पार्टी बाट दल बहादुर थापा ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट नरेश बहादुर पछाई सहित २१ जनाको उम्मेदवारी परेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij