मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७९ असोज २७ गते बिहिवारको राशिफल हेर्नुहोस

आज मिति २०७९ असोज २७ गते बिहिवारको राशिफल हेर्नुहोस

राशिफल

images
  • 507
    SHARES

  • images
    images
    images
    आज मिति २०७९ असोज २७ गते बिहिवारको राशिफल हेर्नुहोस
    images
    images
    images

    २७ असोज २०७९, बिहिवार कार्तिक कृष्ण चतुर्थी पञ्चाङ्ग: सिद्धि बव कृत्तिका , विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस/विश्व दृष्टि दिवस

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    images
    images
    images

    मेष राशि भएकाहरूका आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    वृष राशि भएकाहरूका लागि आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नया“ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिथुन राशि भएकाहरूका लागि आज समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज कर्कट राशिका लागि आज पनि राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज सिंहका लागि आज आम्दानीमा बढोत्तरी हुनेवाला छ । स्वास्थ्य राम्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । नँया कार्यको थालनी हुनेछ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    कन्या राशि भएकाहरूका लागि आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ । पानीबाट विशेष सतर्क हुनुहोला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    वृश्चिक राशि भएकाहरूका लागि आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नया पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नया“ काम पाउने सम्भावना रहेको छ । जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।


    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसग पाइनेछ । नया वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना  छ । आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला ।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आश्विन २७ २०७९०७:०९:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij