असोज २७ सुनवल। नवलपारासी शारीरिक सुगठन संधको प्रथम अधिबेशन सुनवलको एटलश होटलमा बिहिबार सम्पन्न भएको छ । उक्त अधिवेशन नवलपरासी जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा राष्ट्रिय निर्णायक तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संधका सचिव राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनबाट बिकास गुरुङ्गको अध्यक्षतामाको १४ सदस्यीय कमिटी गठन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा गुप्त प्रसाद पोखरेल, दोश्रो उपाध्यक्षमा रत्नबहादुर थापा मगर, सचिवमा मैना सुवेदी, कोषाध्यक्षमा यमकुमार गुरुङ्ग, उपसचिवमा रबिना कुवँर, सह कोषाध्यक्षमा माधव गौतम रहेका छन् । सदस्यहरुमा क्रमश देवेन्द्र चौधरी, मनोज चौधरी, अनिल गुरुङ्ग, दिपक कुमाल, मन्दिप केशी, रोहनी डुम्रे र मनोज पुन रहेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथी रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले नवलपरासी शारीरिक सुगठन खेलका लागि उर्वर भुमी रहेकाले यस खेलको विकासमा संघलाई हातेमालो गर्न सबै सरोकारवाला निकायलाइ अनुरोध गरे ।

यस्तै प्रमुख अतिथि रुपन्देही जिल्ला शारीरिक सुगठन संघका सचिव राजकुमार श्रेष्ठले राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात् गर्दै खेलाडीहरुले अनुशासित भएर खेलका माध्यमबाट समाज र देश बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा नवलपरासी जिल्ला खेलकुद बिकास समितीका पुर्व उपाध्यक्ष होमनाथ भण्डारी, नवलपरासी जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठ, नवलपरासी जिल्ला क्रिकेट संधका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नवलपरासी जिल्ला स्टेन्थ लिफ्टिङ्ग संघका अध्यक्ष नवराज डुम्रेको समेत उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij