बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाइ हुँदै

सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाइ हुँदै

images
  • 179
    SHARES

  • images
    images
    images
    सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाइ हुँदै
    images
    images
    images

    लुम्बिनी पाना । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाइ हुँदै छ।

    रुपन्देही-२ का आफ्नो उम्मेदवारी खारेजी भएपछि सर्वोच्च अदालत जानुभएका गुरुङको रिटमा आज सुनवाइ हुने भएको हो । आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

    images
    images
    images

    बैङ्किङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गर्नुभएको हो।

    लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्नुभएको छ। सोही मुद्दामा सर्वोच्चले आज सुनवाइ गर्न लागेको हो ।

    सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज)लाई आधार बनाएर उम्मेदवारी खारेज गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij