बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

व्याजदर बृद्दिको बिरोध गर्दै देवदहका व्यवसायीले बुझाए ज्ञापन पत्र

व्याजदर बृद्दिको बिरोध गर्दै देवदहका व्यवसायीले बुझाए ज्ञापन पत्र

निर्मल (एसपी) थापा

images
  • 444
    SHARES

  • images
    images
    images
    व्याजदर बृद्दिको बिरोध गर्दै देवदहका व्यवसायीले बुझाए ज्ञापन पत्र
    images
    images
    images

    देवदह। बैंक तथा बित्तीय वित्तिय संस्थाहरुले यहि असोज १ गते देखि लागु हुने गरि ब्याज  दरमा गरेको बृद्दीको विरोध गर्दै देवदहमा रहेका व्यावसायिक संस्थाहरुले ज्ञापन पत्र बुझाएका छन्। देवदहमा रहेका १४ वटा बैंक तथा वित्तिय संस्थामा व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका हुन्। 

    कोभिद-१९ का कारण धरासायी भएका व्यावसाय चलायमान हुन नपाउंदै ब्याजदर बृद्दी गर्दाको कर्जाको ब्याजदर आकासिएर व्यवसायीको ढाड सकिने भएकोले उक्त निर्णय तत्काल सुधार्न समेत व्यवसायीले आग्रह गरेका छन्। 

    images
    images
    images

    भिडियो 

     

     

    तरलताको समस्या,लगानी योग्य पुँजीको अभाव र बढ्दो ब्याजको कारण उद्योगी व्यसायीको कारोबारमा व्यापक असर परेको र बैंक ब्याजदर बृद्दीका कारण उत्पादन लागत बृद्दी भएका मझौला उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। उत्पादित मूल्यको लागत बढ्दा महंगी बढ्न गइ उपभोक्ताको ढाड सेकिएको छ। पछिल्लो समय बैंकको ब्याजदरमा अस्थिरताका कारण व्यसायिक लागत प्रक्षेपण गर्न नसकिने र लगानी निरुत्साहित हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 

    अर्थतन्त्र संकटमा रहेको बिध्यमान अवस्थामा आर्थिक गतिविधिहरु असामान्य रहेको,बढ्दो मुद्र स्फुती र बढ्दो निक्षेप जम्मामा ब्याजदरले कर्जाको ब्याजदर आकासिने उद्यमी व्यवसायी  मर्माहित र धरासयी हुने बिषयमा नेपाल रास्ट्र बैंकलाई ध्यानाकर्षण गराइएको र माग सुनुवाई नभए आन्दोलनमा उत्रिने समेत व्यवसायीले चेतवानी दिएका छन्। 

    ज्ञापन पत्र बुझाउने कार्यक्रममा देवदह उद्योग बाणिज्य संघ,देवदह व्यापार संघ र देवदह उद्योग व्यापार संघका पदाधिकारी र १ सय भन्दा बढी 
    व्यवसायीको सहभागिता रहेको थियो। 


    देवदहमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई दिएको ७ बुंदे मागहरु 

    १)बैंक तथा वित्तिय संस्थाहरुले लिने प्रिमियम डर १ प्रतिशत भन्दा बढी हुन नहुने। 
    २)साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बढ्दो व्याजदरका कारण उद्योग व्यवसय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा व्याजदर कायम गरिनुपर्ने। 
    ३)नेपाल राष्ट्र बैंकले (CRR) (CASE  RESERVE  RATIO  ) ३ प्रतिशतबाट १ प्रतिशत बधाई ४ प्रतिशत गर्दा रास्ट्रबैंकमा तरलता थन्किएकोले बजारमा तरलताको अभाव सिर्जना भएको छ। यसका कारण बैंकले व्याजदर बढौं सक्रिय देखिएकोले उक्त व्यवस्थालई सच्याएर  
    (CRR) साविकको ३ प्रतिशत कायम गरिदिनु पर्ने। 
    ४)व्याजदर एकैपटक अधिकतम तवरले बढौं नपाउने 
    ५)बैंकले सुरुमा लगानी गरेको ऋणको व्याजदर कम्तिमा १ बर्ष सम्म ऋणीको समझदारी बिना बढौं नपाउने 
    ६)बैंकमा ऋणीको व्याज तथा किस्ता पुर्नातालिका गर्नुपर्ने। 
    ७)मौद्रिक नीति मार्फत ल्याएको कारोबारको व्यवसाय तर्फ २५ प्रतिशत ऋण लगानी गर्न नीति चालु पुँजीको नियम आफैमा राम्रो हुन सक्छ तर 
    बिध्यमान आर्थिक स्थितिका कारण सो तत्काल लागु गर्न उद्योगी व्यसायिहरुलाई कठिन हुने भएकोले उक्त आर्थिक नीति कम्तिमा १ आर्थिक बर्ष पछि आर्थिक अवस्था सहज भए पछि विस्तारै लागु गर्दै जानु पर्ने देखिन्छ। 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij