देवदह।नेकपा एमाले नगर नगर कमिटी अध्यक्ष टिकाराम चापागाईंले पार्टीमा बिद्रोह गरेर पार्टी परित्याग गरि स्वतन्त्र ढङ्गले उम्मेदवारी दिने कुरा सायदै कसैले सोचेका थिए।तर असम्भव भन्ने कुरा केही नहुदो रहेछ।देशको व्यवस्था फेरिए पनि अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै ३१ वर्षे लामो राजनीतिक यात्रा पुर्णविराम लगाउदै चापागाईं स्वतन्त्र रुपमा रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारी दिएका छन।
पछिल्लो २ दशक देशको राजनीति अस्थिर भयो।सोही अवधिमा देशको अर्थतन्त्रमा भारी गिरावट आएको छ।उत्पादन व्यापक रुपमा घटेको र वैदेशिक ऋण बढ्न गई प्रत्येक नेपालीको थाप्लोमा ऋणको भारी बढेको छ।दक्षिण एसियामा पहिलोपटक नेपालमा बिजुली बलेको नेपालको आर्थिक स्थिति किन परिवर्तन हुन सकेन,राजनीतिक खिचातानीले देशको अर्थतन्त्र कमजोर भएको चापागाईं बताउँछन् ।
नाम चलेका उद्योग कलकारखाना आज बन्द भएका छन् ।व्यावसायीहरुमा बितिष्णा देखिएको छ।समाजवाद हुँदै साम्यवादको लक्ष्य बोकेका राजनीतिक दलहरु आज 'म वाद,निरंकुश वाद,आफन्त वादमा अल्झिएका छन् ।जनतालाई बारम्बार समृद्धिको सपना देखाएर जनता झुक्याउने प्रवृत्तिको कारण जनतामा राजनीति दल प्रति विश्वास गुमेको छ।यस्ता खराब प्रवृत्तिको अन्त्य गर्न खबरदारी सङ्गै आर्थिक समृद्धि र रुपान्तरणका लागि आफुले पार्टी बाट बिद्रोह गरि स्वतन्त्र भएको चापागाईंको भनाई छ।
लामो समय पार्टीको झोला बोके,जुन सपना जनतालाई देखाइएको थियो ,राजनीतिक दलले पूरा गर्न सकेनन् ।आज पार्टी प्रति सर्वसाधारणको विश्वास गुमेको छ। पटक- पटक आवश्वासन मात्रै दिंदा जनता निराश भएका छन्। अब पनि जनतालाई झुक्याउन नहुने आफुलाई लागेकोले पार्टी बाट बिद्रोह गरेको चापागाईंको भनाई छ। अब हरेक गाउँ -गाउँ र बस्ति बस्ति बाट युवाहरु समृद्द रास्ट्र निर्माणका लागि जाग्नु पर्ने बेला आएको र अब आश्वासन दिनेलाई होइन काम गर्नेलाई मतदान गर्न समेत चापागाईंले अपिल गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij