देवदह। देवदह नगरपालिका वडा नम्बर ४ ले २ सय ५० जना कृषकहरुलाई घाँसको बिउ वितरण गरेको छ। शुक्रबार वडा कार्यालयको प्रांगणमा (बर्षिम) नामको घाँसको बिउ वितरण गरिएको हो।

व्यवसायिक पशुपालक कृषकहरुलाई घाँसको लागि सहज होस् भन्ने उदेश्य सहित बिउ वितरण गरिएको वडा अध्यक्ष दमननाथ रेग्मीले बताउनुभयो। यस अघि बिभिन्न समयमा कृषकहरुलाई तरकारीको बेर्ना समेत वितरण गरेको वडाले यस पटक घाँसको बिउ वितरण गरेको हो।

अझै ८० केजी विउ वितरण गर्न बाँकी रहेकोले कार्यालय समयमा यस अघि बिउ नलागेका कृषकहरुलाई वितरण गरिने वडाले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij