मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आक्रामक प्रचार शैलीले मतदातामाझ लोकप्रिय बन्दै टिकाराम

आक्रामक प्रचार शैलीले मतदातामाझ लोकप्रिय बन्दै टिकाराम

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    आक्रामक प्रचार शैलीले मतदातामाझ लोकप्रिय बन्दै टिकाराम
    images
    images
    images

    देवदह ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका टिकाराम चापागाईंले मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका छन् ।

    सर्वसाधारण माझ गएर गुनासो सुन्ने, सुझाव संकलन गर्ने,आफ्ना कार्ययोजनाहरु सुनाउने चापागाईंको दैनिकी जस्तै बनेको छ।चुनाव आउँदा मात्रै जनताको घरदैलोमा जाने ,झुठो आश्वासन दिने प्रलोभनमा पार्ने प्रवृत्ति रहेकोले अब त्यस्ता खालका झुठो आश्वासनमा नफस्न र सहि नेतृत्व छान्न चापागाईंले आग्रह गरेका छन् ।

    images
    images
    images

    क्षेत्र नम्बर १ का मतदाता हरि ओम गुप्ता ०६४ साल देखिआफुले मतदान गर्दै आएको तर झुठो आश्वासन मात्र पाएको बताए। आफ्नो गाउँ टोलको अवस्था हिजो र आजमा केहि फरक नपाएको गुप्ताको भनाई छ। त्यसै गरि २०७४ मा पहिलो पटक मतदान गरेका रमेश गुरुङ चुनावी प्रतिबद्दता नेताहरुले पुरा नगरेको बताउँछन। रोजगार देखि लिएर समृद्दीको सपना मात्रै देखाएको गुरुङको भनाई छ। अहिले स्वतन्त्रको माहोल रहेको र स्वतन्त्र उम्मेदवारले जनताको मन जितेकोले  एक पटक स्वतन्त्रलाई अवसर दिनुपर्ने गुरुङ बताउँछन।

    मतदाताहरु स्वस्फूर्त रुपमा चापागाईंलाई भेटेर सुझाब दिने,छलफलका लागि बोलाउने र सहयोग गर्ने प्रतिबद्धता समेत गर्ने गरेको टिकाराम चापागाईं जिताउ अभियानका संयोजक माधब अर्याल बताउँछन् ।अहिले प्रारम्भिक चरण भएकोले मतदाता माझ पुगेर भेटघाट गर्ने गुनासो सुन्ने,चुनाव चिन्ह चिनाउने र डिजिटल प्रचारप्रसारलाई तिब्रता दिएको अर्यालले बताए।

    चापागाईं सर्वसाधारण माझ सजिलै घुलमिल हुने सरल स्वभाव र आम सर्वसाधारणको गुनासो सुन्न नहिचकिचाउने कारणले गर्दा मतदाता माझ लोकप्रिय बन्दै गएका छन् ।

    रुपन्देही १ मा चापागाईं सङ्गै नेकपा एमाले ,राप्रपा, र जसपा गठबन्धन बाट छबिलाल बिश्वकर्मा र बाम लोकतान्त्रिक गठबन्धन बाट घनश्याम भुसाल चुनावी मैदानमा होमिएका छन् ।

    May be an image of 2 people, people standing and outdoors

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij