मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स आँखा उपचार केन्द्र देवदहले नियमित सेवा सुचारु गर्दै

लायन्स आँखा उपचार केन्द्र देवदहले नियमित सेवा सुचारु गर्दै

निर्मल (एसपी) थापा

images
  • 549
    SHARES

  • images
    images
    images
    लायन्स आँखा उपचार केन्द्र देवदहले नियमित सेवा सुचारु गर्दै
    images
    images
    images

    देवदह। बुटवल लायन्स आँखा अस्पतालको देवदह शाखाको रुपमा स्थापना भएको देवदह लायन्स आंखा उपचार केन्द्रले हप्ताको ६ दिन अर्थात् नियमित सेवा दिने तयारी थालेको छ। यस अघि सोमबार र शुक्रबार आफ्नै नंया भवन बाट सेवा दिंदै आएको क्लिनिकले सर्वसाधारणको माग र आवश्यकतालाई मध्य नजर गर्दै हप्ताको ६ दिन सेवा सुचारु गर्न लागिएको लायन्स क्लब अफ देवदहका अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो।  

     

    images
    images
    images

    No description available.

     

    लायन्स क्लब अफ देवदहद्वारा निर्मित लायन्स आँखा अस्पतालले यस अघि देवदह नगर अस्पताल बाट नियमित रुपमा आँखा शिविर संचालन गर्दै आएको थियो। निरन्तर रुपमा सामाजिक कार्यमा क्रियाशील क्लबले यस अघि थुप्रै ठाउँमा आँखा शिविर संचालन गरिसकेको छ भने मोतियाबिन्दु देखिएका विरामीलाई नि :शुल्क शल्यक्रियाको व्यवस्था गरिएको समेत अध्यक्षज्ञवालीले बताउनुभयो।

    देवदहमा आँखा क्लिनिक संचालनमा आए पश्चात उपचारका लागि बुटवल पुग्नु पर्ने झन्झट हटेको क्लिनिक संचालन समितिका संयोजक विनोद थापा मगरले बताउनुभयो। पछिल्लो समय आँखा उपचार तथा परामर्शका लागि आउने सेवाग्राहीको 
    संख्या बढेको र छिट्टै नियमित सेवाको थालनी गरिने थापाले बताउनुभयो। 

     

    No description available.

     

    नियमित रुपमा आँखा शिविर संचालन गर्दै आएको क्लिनिकले विद्यार्थी बर्गलाई लक्षित गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा समेत शिविर संचालन गर्ने तयारी थालेको छ। हाल बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक र विशेषज्ञ सहितको टिमले उपचार गरिरहेको र आँखा सम्बन्धि जटिल समस्या र शल्यक्रिया गर्नुपर्ने विरामी फेला परेमा  बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरि न्युनतम शुल्कमा अप्रेशनको व्यवस्था समेत मिलाइएको थापाले बताउनु भयो। 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij