सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा 'श्रष्टासंग घनश्याम भुसाल' कार्यक्रम हुने

देवदहमा 'श्रष्टासंग घनश्याम भुसाल' कार्यक्रम हुने

images
  • 152
    SHARES

  • images
    images
    images
    देवदहमा 'श्रष्टासंग घनश्याम भुसाल' कार्यक्रम हुने
    images
    images
    images

    देवदह । रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र साहित्य तथा समसामयिक विषयमा कलम चलाउने स्रष्टाहरुबीच देवदहमा बहस हुने भएको छ। नेपाली लेखक संघ, रुपन्देही र अखिल नेपाल लेखक संघ रुपन्देहीको संयुक्त आयोजनामा भोलि (शनिबार) 'श्रष्टासंग घनश्याम भुसाल' विषयक बौद्धिक बहस कार्यक्रम हुन लागेको हो ।

    समाजवादीबादी विचार र मार्क्सवादका अध्यता तथा बामपन्थी आन्दोलनका पक्षधर भुसालसंग रुपन्देहीका स्रष्टाहरुले देवदहको पाठक फुड ल्याण्ड एण्ड इभेन्ट भेन्युमा विचार-विमर्श गर्न लागेको नेपाली लेखक संघका रुपन्देही जिल्ला अध्यक्ष निर्मल ढुंगानाले बताए ।

    images
    images
    images

    आसन्न मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनका सन्दर्भमा यहाँका लेखक तथा बुद्धिजिविहरूले बैचारिक नेताको रुपमा पहिचान बनाएका उम्मेदवार भुसालसंग यस क्षेत्रको कला, साहित्य र संस्कृतिको बिषयमा कस्तो योगदान रहने भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम हुन लागेको कार्यक्रमले मिडिया सहकार्य गरेको प्रेस सेन्टर नेपाल रुपन्देहीका सचिव विष्णु पोखरेलले जानकारी दिए । 

    कार्यक्रम शनिबार बिहान १०:३० बजेदेखि सुरु हुने जनाईएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij