मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एमालेभित्रको 'बनमारा झार' ले संवैधानिक बगैंचामाथि आक्रमण गर्यो,हामीले उखेलेर फाल्यौ:भुसाल

एमालेभित्रको 'बनमारा झार' ले संवैधानिक बगैंचामाथि आक्रमण गर्यो,हामीले उखेलेर फाल्यौ:भुसाल

images
  • 210
    SHARES

  • images
    images
    images
    एमालेभित्रको 'बनमारा झार' ले संवैधानिक बगैंचामाथि आक्रमण गर्यो,हामीले उखेलेर फाल्यौ:भुसाल
    images
    images
    images

    रुपन्देही । त्रिभुज चिन्ह लिएर रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र केपी शर्मा ओली एउटै नभएको बताएका छन् । अध्यक्ष केपी ओली तर्फ संकेत गर्दै भुसालले एमालेभित्रको 'बनमारा झार' ले देशको संबैधानिक बगैंचामाथि आक्रमण गरेको टिप्पणी गरे ।

    शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसंग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहेपनि नेतृत्व गलत व्यक्तिको हातमा परेको तर्क गरे । ओलीले एमालेको प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संबैधानिक व्यवस्थामाथि नै प्रहार गरेको उनको भनाइ छ ।

    images
    images
    images

    कमल थापाहरू सूर्य चिन्हबाट चुनाव लडेको तर्फ संकेत गर्दै उनले भने, "पन्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा बर्षौँसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?" सो क्रममा आफुले साढे ४ दशक पसिना बगाएको पार्टीबाट बिद्रोह गरेको उल्लेख गर्दै उनले इमानदार एमाले कार्यकर्ताहरूलेआफुलाई साथ दिने बताए । 

    सोही क्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दावी गरे । आफू संविधान सभा सदस्य निर्वचित भएको बेला गरेका कामको चर्चा गर्दै उनले अबको आवश्यकता संविधानको रक्षा र पुर्वाधार एवं सामाजिक विकास भएको बताए ।

    त्यसैगरी १(१) का उम्मेदवार विश्वनाथ यादवले आफुहरू धेरै नबोल्ने तर बोलेजती काम गरेर देखाउँने बताउँदै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।

    क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरू हुने निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij