कार्तिक १८ । रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंले आफ्नो जित नै जनताको जित भएको बताएका छन्।
रुपन्देहीको ओमसतियाको एक कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले यस्तो बताए ।`मेरो जित नै जनताको जित हो’ उनले भने‘ जनताको स्वागत, माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जित भयो अब घोषण हुन मात्र बाकी छ ।’ पटक पटक राजनीति दलका उम्मेदवार झुठो आश्वासन बाढेकोमा आफुले आश्वासन भन्दा भिजन प्रस्तुत गर्दै जनताको अगाडी आएको बताए ।
उनले जनताको भावना अनुसार काम गर्ने पनि प्रतिबद्धता जनाए । बिगतमा पनि सधै यस क्षेत्रका जनताकालागि लडेको र आगामी दिनमा पनि लड्ने समेत बताए ।
टिकाराम चापागाइ रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमालेका छविलाल बिश्वकर्मा र गठबन्धनका घनश्याम भुसाल चुनावी मैदानमा छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij