मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देशका सबै निकाय पुराना दलहरूले निकम्मा बनाए:रवि लामिछाने

देशका सबै निकाय पुराना दलहरूले निकम्मा बनाए:रवि लामिछाने

images
  • 202
    SHARES

  • images
    images
    images
    देशका सबै निकाय पुराना दलहरूले निकम्मा बनाए:रवि लामिछाने
    images
    images
    images

    देवदह । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले राजनीतिको फोहोर सफा गर्न आफ्नो पार्टीका उम्मेदवारहरूलाई विजयी गराउँन अनुरोध गरे । सोमबार देवदहको पानबारीमा भएको चुनावीसभामा बोल्दै लामिछानेले देशका सबै निकाय पुराना दलहरूले निकम्मा बनाएपछि बाध्य भएर हामी राजनीतिमा आएको र राजनीतिको फोहोर सफा गर्न आफ्नो पार्टीका उम्मेदवार जिताउनुपर्ने बताए ।

     

    images
    images
    images

     

    मतदाताले एउटा भोट घण्टीलाई दिनुपर्छ भन्ने सुनेको उल्लेख गर्दै लामिछानेले एउटा होइन सबै भोट आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएसम्म देशको समस्या समाधान नहुने बताए । उनले प्रश्न गरे, "एउटा भोट मात्रै घण्टीलाई दिएर अरू भोट कस्लाई दिने? दिनै पुराना पार्टीलाई जसले यो देशको यस्तो दुर्दशा बनाए ।"

    देश र जनताको भाग्य र भविष्य बदल्न आफुलाई माया गरेर मात्रै नपुग्ने भन्दै उनले भोट मागे । उनले भने "विदेशमा रहेका लाखौं युवाहरूले हामीलाई समर्थन गर्नुभएको छ तर उहाँहरूले भोट हाल्न सक्नुहुन्न त्यो जिम्मा उहाँहरूले यहाँ रहनुभएका बुवा आमाहरूलाई दिनुभएको छ ।"

    दिउँसो २ बजे राखिएको कार्यक्रम ५ बजेमात्रै सुरु भएको र स्थानीयहरूले कुरेर बसेको उल्लेख गर्दै भाषण आफू देवदहमा आउन ढिला गरेको भए पनि राजनीतिमा आउन ढिला नगरेको बताएका थिए ।

    कार्यक्रममा स्थानीय नेता कार्यकर्त तथा समर्थकहरूले घण्टी बजाएर स्वागत गरेका थिए भने विदाईको बेला रवि दाइ हाइहाइ भन्दै नारा लगाएका थिए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij