रुपन्देही। चापाकल चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न मतदातलाई आग्रह गरेका छ्न् ।
रुपन्देही क्षेत्र नं १ तिलोत्तको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले भने `अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु´। उनले यसै क्षेत्रबाट चुनाव जितेर पटक पटक मन्त्री भएपनि जनताको समस्या जस्ताको त्यस्तै भएको बताए ।
चापागाईं यतिबेला घर दैलोमा ब्यस्त छन् । टिकाराम जिताउ अभियानका संयोजक माधव अर्यालका अनुसार जनताको अगाडी चुनावी अभियानमा जादा राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने`दलप्रती जनता रुष्ट छ्न् अब विकल्प स्वतन्त्र हो हाम्रो जीत निश्चित छ´ ।
टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij