लुम्बिनी पाना। चापाकल चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले सबै पार्टी भित्रका इमानदार कार्यकर्ताले आफुलाइ भोट दिने बताएका छन् ।
रुपन्देहि ठुटिपिपल्को चुनावी सभालाई सम्बोधन गर्दै चापागाईंले सो कुरा बताएका हुन उनले पार्टी प्रती जनताको भरोसा गुमेको र पार्टी प्रती रुष्ट भएका इमानदार कार्यकर्ता आफुलाइ मत दिने बताएका हुन । उनले भने `मलाई कांग्रेस, एमाले, माओवादीका साथीहरुले पटक पटक भेटेर भोटदिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ, जनताको अबको भरोसा र परिवर्तनको सबाहाक मात्र हामी हो हाम्रो जित निश्चित छ´ उनले थपे अब हामी ४२ हजार मत सहित बिजय हुँदै छौं ।
रुपन्देही १ बाट सत्ता गठबन्धनकाको समर्थनमा घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारको रुपमा र नेकपा एमाले बाट छबिलाल विश्वकर्मा चुनावी मैदानमा छन्
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij