मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु पर्याे :छबिलाल विश्वकर्मा

चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु पर्याे :छबिलाल विश्वकर्मा

images
  • 254
    SHARES

  • images
    images
    images
    चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु पर्याे :छबिलाल विश्वकर्मा
    images
    images
    images

    कार्तिक २५ । लिम्पियाधुरा लिपुलेक र कालापानी समेटीएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाँले नेकपा एमालेको सरकारले हिम्मत राखेर नेपालको चुच्चे नक्सा जारी गर्न सफल भएको बताउनु भयो । तिलोत्तमा–१०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो । 

    रुपन्देहीको क्षेत्र नम्बर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्नेहरुले राष्ट्रियताको कुरा गर्दा विरोध गरिरहेको बताउनुभयो । उहाँले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा २० ग्यारेन्टी गरेको बताउँदै घोषणापत्रमा उल्लेख गरिएका विषयलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । उहाले परमादेशबाट बनेको सरकारले नागरिकको समस्या भन्दा पनि आफनो सेवा सुविधामा बढि ध्यान दिएको आरोप लगाउनुभयो । 

    images
    images
    images

    पुर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले एमाले सरकारबाट हटेपछि सत्तागठबन्धनले अनावश्यक मन्त्रीहरुको संख्या बृद्धि गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरेको बताउनु भयो । उहाले नेकपा एमालेको सरकारले राष्ट्रको हितमा महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि परमादेशी सरकारले बजेट कटौती गरेको बताउदै रुपन्देहीको क्षेत्र नम्बर १ मा नेकपा एमालेले विकासको जग बसाल्ने काम गरेको दावी गर्नुभयो । नेता विश्वकर्माले क्षेत्रको विकासको लागि शुरु गरिएको योजनाहरु पुरा गर्नको लागि एमालेले सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । विश्वकर्माले विकासको लागि बजेट विनियोजना गरी काम गर्दा समेत विभिन्न बाहानामा अवरोध सिर्जना गरेर काम गर्न नदिने नेताहरु नै अहिले विकासका कुरा गर्ने गरेको दावी गर्नुभयो । 

    सोही अवसरमा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले यस क्षेत्रको विकासको लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता न्यौपानेले एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । 

    घरदैलो कार्यक्रममा तीनै दलका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको निर्वाचन परिचालन कमिटीका संयोज हिमाल पाण्डेले जानकारी  दिनु भयो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij