मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नागरिकताको विषय चार वर्षअघि नै सल्टाइसकेको हो : लामिछाने

नागरिकताको विषय चार वर्षअघि नै सल्टाइसकेको हो : लामिछाने

images
  • 159
    SHARES

  • images
    images
    images
    नागरिकताको विषय चार वर्षअघि नै सल्टाइसकेको हो : लामिछाने
    images
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले नागरिकताको विषय आफूले चार वर्षअघि नै सल्टाइसकेको बताएका छन्। 

    अमेरिकाको नागरिक भइसके पनि नेपालको नागरिकता नत्यागेका विषयमा परेको उजुरीमा प्रष्टिकरण दिँदै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले आफूले अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको वा नत्यागेकका विषयमा भने खुलाएनन्।

    images
    images
    images

    उक्त विषयमा यसअघिका आफ्ना टेलिभिजन कार्यक्रममा बताइ बताइसकेको उल्लेख गरे। उनले भने, ’यो विषयमा मैले चार वर्षअघि नै सेटल गरिसकेको छु। अदालतको निर्णय छ। त्यही आधारमा सफाइ पाएको हुँ।’

    निर्वाचन आयोगमा परेको उक्त उजुरीलाई लिएर आफूले पत्र नपाएको बताउँदै पाएपछि स्पष्टिकरण दिने बताएका छन्। उनले भने, ‘यो एउटा उजुरी हो। उजुरीको जवाफ दिनेछौं। मैले निष्ठापूर्वक गरेको काम र सेवा लुकेको छैन।’

    आफ्ना केही कमजोरीका कारण केही व्यक्तिले जीवनभर खेदिरहने विषय पाएको बताउँदै पछाडि फर्केर त्यस विषयमा नअल्झिने उल्लेख गरे। आफ्नाविरुद्ध  लागेको एउटा जत्था नै चितवनमा अड्डा जमाएर बसेको उनको भनाइ छ।  ‘मेरा केही कमजोरी छन्। जीवनभर खेदिरहनेछन्। ढुंगा हान्नेहरुतिर फर्किने होइन। जति विचलित गर्ने कोशिस गरे पनि  हाम्रो यात्रा निरन्तर रहिरहनेछ।’

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij