मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अब्दुल रज्जाकको पर्खाइमा अधुरा सडक

अब्दुल रज्जाकको पर्खाइमा अधुरा सडक

images
  • 245
    SHARES

  • images
    images
    images
    अब्दुल रज्जाकको पर्खाइमा अधुरा सडक
    images
    images
    images

    राहुल देव सापकोटा, देवदह । "हत्तेरी ! एस्तो पनि बाटो हुन्छ? कहिले बन्ने हो यो बाटो?" एक स्थानिय भुनभुनाईरहेका छन् । ती स्थानीयको आक्रोश देखेका अर्का स्थानीयले उनलाई सम्झाउँदै भन्छन्,  'अब्दुल रज्जाकले बनाउन सुरु गरेका थिए, बिचमा रज्जाकको कार्यकाल सक्किएपछि विकास ठप्प भयो ।'

    कुरा हो, रुपन्देही क्षेत्र नं. १ को । विकटबस्ती जहाँका जनता सडक बन्ने आशमा थिए, घर बाढिले बगाउँदा तट्बन्धनको आशमा र राहतको पर्खाइमा थिए। त्यस्ता बस्तीहरूले अहिले पनि अफ्ट्यारो पर्दा सम्झिने नाम हो- अब्दुल रज्जाक ।

    images
    images
    images

    विकास निर्माणका काममा पारदर्शी नेता मानिने अब्दुल रज्जाक नेपाली कांग्रेसको अग्रपंक्तिमा रहेर काम गर्दै २०७० सालको संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर संविधान मात्रै बनाएनन् । नेपाल सरकारको संघीय खानेपानी राज्यमन्त्री समेत भएर जनताको सेवा गरे ।

    संविधान लेखनको लागि निर्वाचित भएको कार्यकालमा समेत रज्जाकले रुपन्देही क्षेत्र नं. १ मा १० वटा पुल, ३ तीनसय किलोमिटर सडक  कालोपत्रे र  सिंचाई आयोजनाको लागि रोहिणी नदीमा बाध निर्माणको काम प्रारम्भ गरे।

    रज्जाकले भलुही-भुपु सैनिक, कान्छी बजार-कोरवानी-मधौली हुँदै बेलहिया चोक सम्म सडकको डिपिआर गरि बहुवर्षिय ठेक्काको सुरुवात गरे। इमलिहवा, बोर्डरदेखी बसन्तपुर, छिपागडह, सेमरहवा, जमुहानी, शंकरपुर, ढेकावर, केरवानी, सिँगाहा, टटेरा, हुँदै भलुही मेडिकल कलेजसम्मको सडकको कालोपत्रे उनैको पालामा सम्पन्न भयो।

    विकास हुने क्रममा घरहरु र जनसंख्याको चाप बढ्नु स्वभाबिक हो । जनसंख्याको अवस्था हेरेर सडक व्यवस्थापन हुनुपर्नेमा रज्जाकको कार्यकाल समाप्त भएपछि ती सडकहरु व्यवस्थापन, निर्माण र कालोपत्रेको अभावमा आज सडकहरू धुलाम्य हुन पुगेका छन् ।

    पक्किपुलको अभाव झेलिरहेको चरङ्गेमा पक्कीपुल निर्माण सङ्गै सोही स्थानको मुढाबासमा झुलोङ्गे पुल निर्माण गरेर त्याहाका बासिन्दालाइ सहज बनाए र उनले चरङ्गेलाई १२ महिनै बुटवलसंग जोडे । जसले गर्दा बिद्यार्थीहरुलाइ आवतजावतमा सहज हुन पुग्यो र कृष्कलाइ कृषि उत्पादनलाइ बजार सम्म पुर्याउन सहज भयो। ऎतिहासिक मानिने रोहिणी नदिमा पक्की पुल निर्माण गरे।

    केरवानीदेखि उखुबारी जोड्ने कजरार खोलामा पुल निर्माणको काम प्रारम्भ गरे।  उनले शिलान्यास गरेको उक्त पुलको काम उनको अवधी सकिएपछि अगाडि बढ्न सकेन । २०७४ मा निर्वाचित सांसद छविलाल विश्वकर्माले बेवास्ता गर्दा राज्यको करोडौं लगानी भैसकेको उक्त पुल आजपनि वेवारिसे जस्तै बनेको छ ।

    विकास निर्माणका काममा सधै अग्रसर हुने नेता रज्जाकले टटेरा हुँदै देवदह मेडिकल कलेजसम्म जाने सडकको डिपिआर सम्पन्न गरेका थिए। तर आफ्नो कार्यकालको अन्त्य तिर काम प्रारम्भ हुने चरणमा पुगेको र कार्यकाल सकिएपछी त्यो काम रोकीएको उनी बताउँछन ।

    रज्जाक ती नेता हुन् जसले सेमरहवा, अमरहवा हुँदै बोधबार भारतको सिमासम्मको सडकको निर्माण सङ्गै भगवानपुरदेखि मैनिहवा जाने सडकको कालोपत्रे सुरुवात गरे।
    हुलाकी राजमार्गदेखि छोट्की खुरहुरिया हुँदै पोखरभिन्डी जाने सडक निर्माणको काम प्रारम्भ गरे। अमरहवा देखि कोटहवा जाने सडक कालोपत्रे सुरुवात गरे सङ्गै रुपन्देही क्षेत्र नं १ को धार्मिक तथा पर्यटकिय क्षेत्रमा निशुल्क सोलार जडान उनैको कार्यकालमा प्रारम्भ भएको थियो।

    कम बोल्ने, सानो स्वरमा बोल्ने अनि आफुले गरेका कामको प्रचार गर्न नचाहने रज्जाक यस क्षेत्राका विकासप्रेमी नेता मानिन्छन् ।

    यतिबेला उनै रज्जाक  रुपन्देही-१ अन्तरगत प्रदेशसभा सदस्य-१ (ख) मा उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनको समर्थन प्राप्त उनका सहयात्री प्रतिनिधि सभा सदस्य पदमा बौद्धिक नेता घनश्याम भुसाल त्रिभुज चिन्ह लिएर मैदानमा छन् भने प्रदेश सभा-२ मा नेपाली कांग्रेस कै युवानेता विश्वनाथ यादव चुनावी मैदानमा छन् ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij