रेवती घले
देवदह । भनिन्छ राजनीति समाजसेवाको लागि गर्ने गरिन्छ , तर पछिल्लो समय नेपाली राजनीतिमा ईमान्दारिता कम बेइमानी धेरै देखिन्छ । अवसरको लागी अनेक हटकण्डा अपनाउने देखि लिएर राजनीतिकै आडमा कयौं अवैधानिक कामहरू हुने गर्छन् भने करोडौं सम्म भ्रष्टाचार भएका उदाहरण देख्न सकिन्छ।
विशुद्ध समाजसेवा गर्ने उदेश्य सहित राजनीतिमा होमिएको एउटा नाम हो रेवती घले , उनले राजनीतिलाई न अवसरको रुपमा लिइन न त पैसा कमाउने उदेश्यका लागि राजनीतिक गरिन । उनै रेवती घले निकै लामो राजनीतिक दौरान पश्चात् हाल संसद बन्ने दौडमा छिन ।
लुम्बिनी प्रदेशको समानुपातिक तर्फ बाट संसदका लागि सिफारिस भएकी घलेको राजनीतिक यत्राको बिषयमा थोरै चर्चा गरौं ।
वि.स. २०१७ सालमा पिता लोक बहादुर गुरुङ र माता सशिकला गुरुङको कोख बाट पर्वतको मुकसिङ्ग गाविसमा रेवती घलेको जन्म भएको हो । पर्वत बाट २०२८ सालमा रुपन्देही झरेकी घले विद्यार्थी कालिन समय देखीनै राजनीतिमा होमिएकी हुन् । २०३५ सालको चैत्र २४ गते देखी देशव्यापी हडताल सुरु भयो । निरंकुश पण्चायती व्यवस्थाको विरुद्धमा भएको आन्दोलनमा सरिक भएकी घले २०४२ सालमा पार्टी निकट अनेमसंघको संगठित सदस्यता लिएर सक्रिय रुपमा राजनीतिमा प्रवेश गरिन।
२०४२ सालमा तत्कालीन देवदह गाउँ कमिटीको अध्यक्ष भएर संगठन निर्माणका लागि अहोरात्र खटेको अनुभव छ उनी सङ्ग । २०४६ सालमा भएको निर्दलिय पन्चायती व्यवस्थाको अन्त्य र संबैधानिक राजतन्त्रात्मक बहुदलीय स्थापनाको लागि भएको ५० दिने आन्दोलनमा सहभागी भएकी घलेले २०४६ सालमै अनेमसंघको क्षेत्रीय अध्यक्षको जिम्मेवारी पाइन् ।त्यस्तै पार्टीको समेत क्षेत्रीय कमिटी सदस्यमा रहि निरन्तर संगठनमा काम गरेकी घले २०५० सालमा पार्टी र अनेमसंघको जिल्ला कमिटी सदस्य बननेर क्षेत्रका भित्री गाउँहरुमा संगठन निर्माणमा खटिइन ।
अन्यायमा परेको महिलाको हक अधिकार प्राप्तिको लागि र अन्याय अत्याचार विरुद्द निरन्तर आवाज बुलन्द गराउदै जनताको मन मन मस्तिष्कमा बसेकी घले ।२०५४ साल बैशाखमा भएको स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित भएकी थिइन ।यतिमा मात्रै उनको राजनीतिक सफलताको पाइला रोकिएन ।२०५६ सालमा जिल्ला विकास समितिमा आदिवासी जनजातीको तर्फ बाट प्रतिनिधित्व गर्ने मौका पाइन् ।०५६ सालमै अनेमसंघ रुपन्देहीको जिल्ला उपाध्यक्ष भएर उनले काम गरिन।
देवदहको विशेष गरि खैरेनी बजारमा खानेपानीको समस्या थियो,२०६२ साल तिर देवदह वासीलाई प्रयाप्त खानेपानीको व्यवस्थापनका लागि जसमान गुरुङको सक्रियतामा दाउन्ने देखि माथागढी सम्म सर्वे गर्ने क्रममा पुग्दा घले पनि टोलीमा थिइन् । तत्कालीन देवदह खानेपानी समुह गठन हुँदा उनी कोषाध्यक्ष भएर काम गरेकी थिइन् ।
२०६२/६३ को गणतन्त्र स्थापनालका लागि भएको २२ दिने आन्दोलनमा घले देवदह देखि बुटवल सम्म दैनिक रुपमा साइकलमै सहभागी भएर प्रत्यक्ष रुपमा सहभागी भएको अनुभव उनी सङ्ग छ।यसरी हेर्दा उनी २०३६,०४६ र ६२/६३ को आन्दोलनमा जोडिएर ३ वटै आन्दोलनमा सहभागी भएको र आन्दोलनमा जोडिएको अनुभुती रहेको घलेले सुनाइन् ।
२०६६ सालमा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी घलेले निरन्तर रुपमा पार्टी र संगठनमा अविचलित रहेर काम गरिन । २०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा घले देवदह नगरपालिको उपप्रमुख पदको मुख्य दावेदारको रुपमा रहेकी थिइन् । नाम सिफारिस भए पनि दुई पटकनै टिकट पाउन बाट बन्चित भएकी घलेलाई पार्टीमा गरेको त्याग र निरन्तरताको उच्च मुल्यांकन गर्दै अहिले समानुपातिक तर्फ बाट नाम सिफारिस गरिएको छ।
हाल पार्टीको प्रदेश कमिटी सदस्य र अनेमसंघको केन्द्रिय सदस्य रहेकी घले पदमा रहदा र बाहिर जहाँ रहेपनी निरन्तर जनताको सेवा गर्ने बताउँछिन । निरन्तरको राजनीतिक यात्राको बाबजुद अहिले संसद बन्ने दौडमा रहेकी घलेले आम मतदातालाई मतदान गर्न अपिल गरेकी छिन् ।
(रेवती घले सङ्गको कुराकानीमा आधारित)
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij