नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं २ (१) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका खड्ग बस्नेत विजयी भएका छन् । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार आशीष प्रधानलाई पछि पार्दै बस्नेत विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन ।त्यस्तै उनका निकटम प्रतिद्वन्दी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत प्राप्त गरेका थीए । बस्नेत ७१ मतान्तर सहितविजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रको तर्फ बाट टिकट पाएका बस्नेत मनोनयन दर्ताको समयमा टिकट खोसीए पछी माओवादी केन्द्र परित्याग गरि धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij