देवदह। विक्रम संबत २०५६ सालमा 'देवदह संरक्षण प्रतिष्ठान' नामक संस्था गठन भयो। त्यसको प्रमुख उद्देश्य भनेकै प्राचीन कोलिय गणराज्यको राजधानी देवदहको प्रचारप्रसार,संरक्षण र सम्बर्द्धन गर्ने थियो।
प्राचीन कोलिय गणराज्यको राजधानी,गौतम बुद्धको मावली स्थल ऎतिहासिक पुरातात्त्विक क्षेत्र देवदह प्रयाप्त प्रचारप्रसार नहुदा ओझेलमा परेको महसुस गरि ०५६ मा संरक्षण समिति गठन गरिएको अध्यक्ष रामचन्द्र पाण्डेले बताए । देवदह आउने आन्तरिक तथा बाह्य पर्यटकलाई देवदह कहाँनेर हो भनेर अन्यौल नहोस् भन्ने हेतुले देवदहको खैरेनीमा बुद्धको मुर्ति राख्ने योजना बन्यो,सोही अनुरुप हालको बुद्द चोकमा (तत्कालीन समयमा ८ फिट खाडल रहेको) मर्मत संभार गरि बुद्द मूर्ति राख्ने योजना बनेको थियो। सोही अनुरुप देवदह संरक्षण प्रतिष्ठानले देवदह र आसपास क्षेत्रका उद्योगी,व्यापारी,समाजसेवी र सहयोगी दाताहरूबाट रकम संकलन गरि देवदह ७ खैरेनीमा गौतम बुद्धको मुर्ति राख्ने कार्यको सुरुवात गर्यो ।
मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवि शाहको हात बाट बुद्द मूर्ति अनावरण गराउने योजना बनाए पनि स्वास्थ्य अवस्थाको कारण मुमा बडामहारानी आउन नसक्ने भए पछि २०५९ साल असोज १० गते पुर्व युवराज पारश शाहको हात बाट बुद्द मुर्ति अनावरण गरिएको प्रतिष्ठानका अध्यक्ष पाण्डेले बताए।गौतम बुद्धको प्रतिमा,जग्गा आवश्यक भौतिक संरचना निर्माण गर्दा झण्डै १८ लाख खर्च लागेको थियो।
बुद्धको मुर्ति स्थापना गरे पछि हाल बुद्द (पार्क)चोकको रुपमा परिचीत छ।तर अब भने देवदहको बुद्द पार्कमा बुद्धको मुर्ति रहनेछैन ।सडक विस्तारका क्रममा उक्त संरचना सडक भित्र पर्ने भए पछि बुद्द पार्कमा राखिएको बुद्द मुर्ति र मायादेवीको प्रतिमा हटाइएको हो। बुद्द मुर्ती र मायादेवीको प्रतिमालाई देवदह १० भलुहीमा अवस्थित कामधेनु गौशालामामा स्थानान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष पाण्डेले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij