पाल्पा। मगर संसार फोटो ग्यालरीले बोन म्यारो क्यान्सर पीडित शर्मिला ठाडा मगरलाई सहयोग रकम हस्तांतरण गरेको छ।लामो समय देखि सामाजिक कार्यमा क्रियाशील फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले पाल्पा तानसेन ५ निवासी ठाडा मगरलाई नगद १,०६,८०० रुपैंया हस्तांतरण गरिएको हो।
मगर संसार फोटो ग्यालरी ग्रुप/पेजका अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा कार्तिक १८ गते देखी बोन म्यारो क्यान्सर पीडित शर्मिला बचाऊ अभियान संचालन गरि सहयोग रकम संकलन गरिएको थियो। शर्मिला बचाऊ अभियानबाट संकलित रु.१ लाख ६ हजार ८ सय रुपैंया उपचारको क्रममा काठमाडौं रहेका पीडित शर्मिला ठाडा मगरलाई हस्तांतरण गरिएको अध्यक्ष लामिछाने मगरले जानकारी दिनुभयो।
आर्थिक अवस्था कमजोर भएका शर्मिलाको दुई नाबालक सन्तान छन भने श्रीमानले ज्यामि काम गर्नु हुन्छ,उपचारका लागि केहि सहज होस् भन्ने हेतुले सहयोक संकलन अभियान संचालन गरि रकम हस्तान्तरण गरिएको अध्यक्ष लामिछाने मगरले जानकारी दिनुभयो। मगर संसरा फोटो ग्यालरीले हाल सम्म १०३२ जनालाई आर्थिक सहयोग गरिसकेको छ।
शर्मिलाको उपचारको लागि सहयोग पठाउनु हुने सहयोगी दाताहरु यस प्रकार छन्।
१) दिपक फाल मगर - स्याङ्जा चापाकोट १० बारिकुना रु.५१०/-
२) कुलदीप मगर (कृषिऔजार कारखाना,एण्ड गौरव मुना सुनचाँदी पसल को प्रोपाइटर) - म्याग्दी बेनी २ होदभीर रु.२,०००/-
३) यमुना मगर - बागलुङ ढोरपाटन ५ रु.५,०५५/-
४) पूर्ण पामी मगर - तनहु ब्यास हाल चितवन भरतपुर-२ रु.५,१४५/-
५) दूर्गा राना (देवदह खैरेनी रूपनदेही हाल हङकङ)/ सुनीता थापा मगर (स्याङ्जा वालिङ् हाल हङकङ) / भूमा थापा मगर (स्याङ्जा वालिङ् हाल हङकङ) रु.२६,०००/-
६) ज्ञान प्रसाद - देवदह ७ सितलनगर रूपनदेही रु.१,०००/-
७) मनोज बुढा मगर - जाजरकोट रु.२,८७०/-
८) बिर ब.मगर र रोजिना मगर - भोजपुर जिल्ला टेम्केमैयूङ ९ भोर्नागि रु.४,२००/-
९) कृष्ण पुन मगर - अन्नपूर्ण म्याग्दी हाल लण्डन रु.९,१००/-
१०) पदम थापा मगर र दिनुमाया थापा मगर - स्याङ्जा वालिङ ६ धनुबास हाल लण्डन रु.५,०००/-
११) सुवास पुन मगर - सिस्ता ६ सुर्खेत रु.१,१११/-
१२) उमान सर्बुजा मगर - कालीगण्डकी गाउपालिका ६ थालुङ गुल्मी रु.१,६००/-
१३) दीपक राना मगर - पाल्पा - फोक्सिङ्कोट रु.२,०००/-
१४) लोकेन्द्र आले मगर - प्रदेस नम्बर १ मेचि अन्चल पाचथर जिला फिदिम न.पा १लखन मार्ग 👉रु.१,५००/-
१५) नीरू मून थापा मगर - गुल्मी हाल ktm रु.२,०००/-
१६) दिपक भण्डारी - फिदिम -१ पाँचथर रु.२,०००/-
१७) रन ब.मस्राङ्गी मगर - स्याङ्जा चापाकोट ३ पीपल डांडा हाल तिलोत्तमा ५ मणिग्राम रूपनदेही 👉रु.२,००१/-
१८) सालिक राम अर्याल - पाल्पा रम्भा ३ पीपल डांडा रु.१,०००/-
१९) online ग्रुप नमस्ते गुरुङ रोधीघर समिती परिवार- रु.३,५००/-
२०) प्रबिन मगर (छोरी प्रिनशेष को जन्मदिनको अवसरमा) - पाल्पा बग्नासकाली - ६ दाङसिंघा रु.२,०००/-
२१) जिना पुन मगर(जस्मिता)- बागलुङ गलकोट हाल हङकङ रु.५,०००/-
टोटल नेपालमा संकलन:- रु.८४,५९२/-
कोरियामा संकलिक सहयोग रकम कोरियन वनमा
१) मिलन राना मगर - रूपनदेही देवदह ४ भवनीपुर कोरियन 20,000 वन
२) सञ्जय चौधरी - रूपनदेही देवदह ११ भूतहवा कोरियन 20,000 वन
३) गौरीशंकर आमात्य - सुनवल बनकित्ता नवलपरासी कोरियन 10,000 वन
४) अमर पुनमगर - दाङ कोरियन 20,000 वन
५) चिरन थापा मगर (अध्यक्ष मगर संघ द.कोरिया थेगु शाखा) - बागलूङ कोरियन 30,000 वन
६) दीक्षा मगर - बागलुङ कोरियन 20,000 वन
७) सन्दीप रोका मगर - सुनवल नवलपरासी कोरियन 40,000 वन
८) पून ब्रो - तिलोत्तमा भूपु सैनिक रूपनदेही कोरियन 20,000 वन
९) हुमन सारू मगर - स्याङजा गल्याङ ८ कोरियन 30,000 वन
१०) नयन चर्ति मगर(स्व.बाबा फत्त चर्ति मगरको समझनामा) - पाल्पा बग्नासकाली ४ तिनछाँगा कोरियन 20,000 वन
कोरियन 2,30,000 वन /-
(रु.२२,२०८/-)
जम्मा :- रु.८४,५९२ + रु.२२,२०८/- = रु.१,०६,८००/-
(एक लाख छ हजार आठ सय मात्र)
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij