देवदह। निजी विद्यालयहरुको योगदानलाई राज्यले बिर्सन नहुने प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ । राज्यले सामुदायिक विद्यालयमा गरेको लगानी र त्यसबाट प्राप्त हुने उपलब्धी साथै व्यक्तिहरुले निजी क्षेत्रमा गरेको लगानी र त्यसबाट राज्यले शिक्षा क्षेत्रमा प्राप्त गरेको उपलब्धीको मूल्यांकन हुनुपर्ने वहाँको भनाई छ ।
निजी विद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिको बारेमा राज्यलाई थाहा भएता पनि सँधै निजी विद्यालयको हित विपरित राज्यले व्यवहार गर्ने गरेको वहाँको गुनासो छ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको चौथो साधारण सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्याब्सन देवदहका प्रमुख सल्लाहकार तथा जिल्ला सह सचिव बोधराज गौडेलले निजी विद्यालयहरुको चुनौती र अवसरको बारेमा आफ्नो धारणा राख्दै राज्यले प्राविधिक शिक्षालय सञ्चालन गर्न दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सचिव टिकाराम चापागाईले आर्थिक प्रतिवेदन, सचिव कृष्ण प्रसाद गैरेले सांगठानिक प्रतिवेदन र अध्यक्ष राम बहादुर गुरु¨ले संगठनको भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य तथा सल्लाहकार महेश पराजुली, सदस्य गुरु प्रसाद पौडेल, बिष्णुप्रसाद अर्याल लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो । एक नारायण काफ्लेको प्रमुख आतिथ्यमा राम बहादुर गुरु¨को अध्यक्षता र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij