मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह माविमा विज्ञान, वातावरण र सुचना प्रबिधि सम्बन्धि प्रदर्शनी

देवदह माविमा विज्ञान, वातावरण र सुचना प्रबिधि सम्बन्धि प्रदर्शनी

images
  • 197
    SHARES

  • images
    images
    images
    देवदह माविमा विज्ञान, वातावरण र सुचना प्रबिधि सम्बन्धि प्रदर्शनी
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका ७ मा अवस्थित देवदह माध्यमिक विद्यालयमा विज्ञान, वातावरण र सुचना प्रबिधि सम्बन्धि प्रदर्शनी सम्पन्न भएको छ। आइतवार एक कार्यक्रमबिच विद्यालयले विद्यार्थीले अध्ययन गर्ने कक्षागत बिषय अन्तर्गतका बिज्ञान तथा प्रविधिको प्रयोग गर्दै निर्माण गरेका बिभिन्न उपकरणहरु प्रदर्शनीमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकि उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यार्थीहरु घोकन्ते शिक्षामा मात्र नभइ प्राबिधिक शिक्षामा पनि जानकार हुन आवश्यक रहेको बताइन । उनले विद्यार्थीले प्रस्तुत गरेका विभिन्न प्रस्तुति मध्य नेपाली मौलिक संस्कृति झल्काउने ढिकी जाँतो मन परेको बताउँदै विद्यार्थीलाई धन्यवाद व्यक्त गरिन। 

    images
    images
    images

    यस्तो कार्यक्रम देवदह नगरपालिकामै पहिलो पटक भएको उल्लेख गर्दै उनले आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई प्रोत्साहान गर्ने धारणा व्यक्त गरिन । 

    कार्यक्रममा मन्तव्य राख्दै देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले आफुले वडा भित्रका विद्यालयमा हुने यस्ता नमुना कार्यका लागि सदैब सहयोग गर्ने बताए। उनले विद्यार्थीको प्रस्तुतीलाइ आफुले एक्दमै मनपराएको र यस्ता शिक्षाका लागि प्राबिधिक शिक्षा आवस्यक रहेकाले देवदह माबिलाइ प्राबिधिक विद्यालयका रुपमा विकास गर्न आग्रह गरे।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालले विद्यार्थी हरुले निकै अनुकरणीय कार्य गरेको बताए। विद्यार्थी किताबी किरा मात्र नभएर बाहिरी ज्ञानमा पनि पोख्त हुनुपर्ने उनको भनाई छ। 

    विद्यालयका  प्रधानाध्यापक  केशव प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  शिक्षक शिव प्रसाद पौडेलको स्वागत र  शिक्षिका इन्दिरा अर्यालको संचालनरहेको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij