मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुपा देउराली मन्दिरमा धर्मशाला बनाइने

सुपा देउराली मन्दिरमा धर्मशाला बनाइने

images
  • 269
    SHARES

  • images
    images
    images
    सुपा देउराली मन्दिरमा धर्मशाला बनाइने
    images
    images
    images

    अर्घाखाँची ।लुम्बिनी प्रदेशकै प्रमुख धार्मिकस्थलका रुपमा रहेको अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने भक्तजनलाई लक्ष्य गरी अत्याधुनिक सेवासहितको धर्मशाला बनाइने भएको छ ।

    मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतका केही ठाउँबाट समेत पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर बन्ने क्रममा छ ।

    images
    images
    images

    मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी रु एक करोड ५० लाखको लागतमा शौचालय, बाथरुमसहितको २० कोठे धर्मशाला निर्माण गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि बर्षेनि हुँदै गएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो ।

    विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले दैनिक पाँच सयदेखि तीन हजार जनासम्मले दर्शन गर्ने गरेका छन् । सन्धिखर्क गोरुसिङ्गे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो वा समस्या आएका बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका व्यक्तिसमेत दर्शन गर्न आउने गरेका छन् । यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

    मन्दिर परिसरमा बन्न लागेको धर्मशालाको नापजाँच सुरु भइसकेको सन्धिखर्क नगरपालिकाका प्राविधिक हरि बोहोराले बताउनुभयो । उहाँले धर्मशालाको नक्सा बनाउने कामसहित स्थानको नापजाँचको काम भैरहेको जानकारी दिनुभयो । नेपाललाई मन्दिरै मन्दिरको देश भनेर विदेशीले चिन्छन् । यहाँ धेरै मन्दिर छन् । मासिकरुपमा करोडौँ रुपैयाँ भेटी उठने मन्दिर पनि छन् । मन्दिरमा उठेको भेटीको भने खासै लेखाजोखा हुँदैन ।

    सुपा देउराली मन्दिर पनि धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् । सङ्कलित भेटीबाट सुपादेखि खाँचीको बाटो निर्माण, स्थानीयस्तरका खानेपानी योजनामा लगानी र जिल्लाका तीन विद्यालयसञ्चालनमा सहयोग पुगेको छ । मन्दिरमा चढाइएको भेटीवाट आदर्श मावि खाँचीकोटमा पाँच र शान्ति निमावी सीतापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई रु ७० हजार र शान्ति निमाविलाई रु ३० हजार उपलब्ध गराउने गरिएको छ । यस्तै सन्धिखर्कमा रहेको पाणिनि बेदविद्याश्रमका लागि वार्षिक रु एक लाख उपलब्ध गराइँदै आइएको छ ।

    विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको खाँचीकोटस्थित आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय आधारभूत नै रहने थियो”, उहाँले भन्नुभयो, “विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी निकै खुसी छौँ ।”

    सुपा देउराली नजिकै मनोरम दृश्यले भरपूर नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट धेरै सुपा देउराली नजिकै मनोरम दृश्यले भरपूर नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न सकिन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ ।

    दर्शनार्थीको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन् । मन्दिरमा भक्तजनको चहलपहल बढेसँगै सीतापुरदेखि नरपानीसम्म तीन सयभन्दा व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेका छन् । तीमध्ये फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भण्डार तथा होटल व्यवसाय गरेकाले राम्रै कमाइ गर्न सफल भएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij