पत्र पत्रिका
लमही।मुख्यमन्त्रीको सम्पूर्ण सामान स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा लगिए लगत्तै दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नम्बर ३ साबिक राप्ती प्राविधिक शिक्षालयमा बेग्लै चहलपहल बढ्न थालेको छ।यसअघि सयौं विद्यार्थी अध्ययन गर्दा भन्दा अब फरक खाले चहलपहल देखिन थालेको स्थानीय बताउँछन् ।अब यहाँ सेना प्रहरीका गाडीहरू बाक्लै आउन थालेका छन् ।एक स्थानीयले भने,साइरन बजाउदै झण्डा हालेका गाडीहरू आउँदा बेग्लै अनुभूत हुन थालेको छ।'
स्थानीय सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको स्थानीय महेश अधिकारीले बताए।गाडीको ओहोरदोहोर बाक्लो बन्दै गएको छ,उनले भने,सुरक्षाकर्मीको ओहोरदोहोर उत्तिकै बढेको छ।जसले गर्दा आजभोलि यहाँको परिदृश्य रोमाञ्चक देखिन्छ ।'दुई वर्ष दुई महिना पहिले प्रदेश सभाको बहुमत सदस्यले १८ बिगाहा क्षेत्रफल रहेको यो शिक्षालयलाई लुम्बिनी प्रदेशको मुकाम टोकेको थियो।झन्डै ३० वर्ष शिक्षालय निर्माण गरि प्राविधिक विषय पढाई हुँदै आएको थियो।शिक्षालय झण्डै १४ किलोमीटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरि त्यहीँ शिक्षालय भित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय व्यवस्थापनको काम भैरहेको छ।
यहाँ साना ठूला २४ वटा भवन छन् ।प्रदेश सभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।हाल वायरिङ,रङ्गरोगनदेखि जिप्सन लगाउने काम धमाधम भैरहेको छ।दुई मन्त्रालय यहाँ पहिलै स्थान्तरण भैसकेका थिए।तर काम भने बुटवलबाटै हुँदै आएको थियो ।
गत सोमबार मध्यराति लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मुख्य सचीवको कार्यालय बुटवल बाट सारिएको थियो।अब अन्य मन्त्रालय पनि क्रमिक रुपमा आउने निश्चित भएको छ।निकट भविष्यमै प्रदेश सभाको पहिलो बैठक बस्ने, नयाँ मुख्यमन्त्री तथा मन्त्रीको सपथ पनि स्थायी राजधानीमै गराउने गरि काम धमाधम भैरहेको छ।मुख्यमन्त्री र मुख्यसचिवको कार्यालयका सामाग्री व्यवस्थापनमा कर्मचारी देखि सचिवालयका मानिसहरू खटिएका छन् ।कुर्सी टेवल,सोफा मिलाउनेदेखी मुख्य मन्त्रीको कार्यालय सजाउने,सचिवालय व्यवस्थापनको काम भैरहेको थियो।
यो खबर आजको बुटवल टुडे राष्ट्रिय दैनिकमा प्रकाशित छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij