देवदह । म्यानमार (बर्मा) का राष्ट्र गुरू भिक्षु सितागु सयाडोले कोलिय राज्यको राजधानी देवदहको भवानीपुर लगायतका ऎतिहसिक एवं पुरातात्विक महत्वका क्षेत्रको अवलोकन भ्रमण गरेका छन्। शनिवार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहितको टिमले देवदहको भवानीपुर सहित कन्यामाई, बैरिमाई लगायतका स्थलको अबलोकन भ्रमण गरेका हुन् ।

दिउसो १ बजे भवानीपुर आएका राष्ट्र गुरू भिक्षु सयाडोले भवानीपुरमा केहिबेर देवदह र भवानीपुरबारे आफुले अध्ययन गरेका र बुझेका विषयबस्तुको बारेमा उपस्थितहरूलाई जानकारी गराएका थिए। उपस्थित माझ आफ्नो कुरा राख्दै भिक्षु सयाडोले लुम्बिनी असामान्य भुमि रहेको बताएका थिए। बुद्ध सम्बन्धि पुस्तकमा आफुले अध्ययन गरेको गरेको भन्दै सो क्रममा भिक्षु सयाडोले कपिल ऋषिले तत्कालिन अवस्थामा कपिलबस्तुमा सर्प र भ्यागुतोको लडाईमा सर्पले भ्यागुतो नभई भ्यागुतोले सर्प मारेको देखेको र त्यहिबाट कपिलमुनी ऋषि यो क्षेत्र विशिष्ट रहेको बताएको किम्बदन्ती सुनाएका थिए।

देवदह अवलोकन सकिएपछि राष्ट्र गुरू भिक्षु सयाडोले रामग्रामको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले (सिद्धिचरण) बताए।
सितागु सयाडो एक बर्मी ध्यान शिक्षक र प्रख्यात बौद्ध विद्वान हुन्।उनी सितागु अन्तर्राष्ट्रिय बौद्ध एकेडेमीका संस्थापक पनि हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij