बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मगरसंसारद्वारा देउसी खेलेर संकलन गरेको रकम विपन्न परिवारलाई सहयोग

मगरसंसारद्वारा देउसी खेलेर संकलन गरेको रकम विपन्न परिवारलाई सहयोग

images
  • 254
    SHARES

  • images
    images
    images
    मगरसंसारद्वारा देउसी खेलेर संकलन गरेको रकम विपन्न परिवारलाई सहयोग
    images
    images
    images

    देवदह । जाडोको मौसम सुरु हुने बित्तिकै नेपालमा बनभोजको मौसम सुरू हुन्छ।  विभिन्न संघसंस्था र समुहका आ-आफ्नै पिकनिक चल्छन।  र, त्यसरी बनभोजमा मोज गर्नेहरू अधिकांशले प्रयोग गर्ने आर्थिक रकम उनीहरूले संस्कृति जोगाउने नाममा देउसी भैलो खेलेर संकलन गरेको रकम हो। यसरी देउसीमा संकलन गरेको रकम दुरुपयोग हुन थालेको आज मात्रै होइन विगत लामो समयदेखि यस प्रकारको गलत अभ्यास समाजमा व्याप्त छ। 

    तर, लामो समयदेखि समाजिक काममा जुटेको मगर संसार फोटो ग्यालरीले भने उक्त गलत अभ्यासलाई तोड्ने प्रयत्न गरेको छ। तिहारमा अनलाइन देउसी खेलेरे संकलन गरेको रकम मगर संसारले सामाजिक काममा सदुपयोग गरेको छ। सोहि क्रममा संसारले  शनिवार देवदह नगरपालिका वडा नम्बर ८ पिपरिया निवासी एक विपन्न परिवारको बच्चालाई उपचार गर्न पच्चीस हजार सहयोग गरेको छ। 

    images
    images
    images

    स्थानिय जनता माध्यमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ४ बर्षिया बालिका स्वस्तिका मुसहरको मष्तिस्कमा पानी जमेको देखियो।  आर्थिक रूपमा विपन्न उनको परिवारले उपचारको लागि अस्पताल त पुर्यायो तर उपचारको लागि कम्तिमा १ लाख लाग्ने कुरा चिकित्सकले सुनाएपछि बालिकाको उपचारमा कठिनाई आयो।  सामान्य साक्षर र आर्थिक रुपमा विपन्न मुसहर समुदायको उक्त परिवारलाई उपचारका लागि आर्थिकको जोहो गर्न धौधौ पारेको बेला मगर संसारले देउसीमा संकलन गरेको २५ हजार रुपैया सहयोग गरेको हो। 

    केहि रकम हात परेपछि बालिकाका बाबु सरोज मुसहरले भोलि नै उपचारको लागि जाने बताएका छन्। 

    उक्त रकम हस्तान्तरण कार्यक्रममा बालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेय लगायत बालिकाको परिवारका सदस्यको उपस्थिति रहेको मगर संसारका एडमिन खुमन पुनमगर र जस्मिन पचभैया मगरले बताए। 

    नियमित सहयोग गर्दै आएको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले उक्त सहयोग मगरसंसारको १३६ औं सहयोग भएको बताएका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij