जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अहेब जयहादुर थापाले जानकारी दिए ।
घटनास्थलमा रहेका थापाका अनुसार ३ जना घाइते छन् ।जीप २०० मिटर तल खस्दा घटनास्थलमै ९ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम एसएसपी माधव श्रेष्ठले पनि पुष्टि गरे ।
श्रेष्ठका अनुसार प्रहरीको टोली घटनास्थलमा रहेको उद्धार कार्य भइरहेको छ । दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij