बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुल्मीमा तामा, फलाम र सीसा उत्खननका लागि नमूना परीक्षण हुँदै

गुल्मीमा तामा, फलाम र सीसा उत्खननका लागि नमूना परीक्षण हुँदै

images
  • 262
    SHARES

  • images
    images
    images
    गुल्मीमा तामा, फलाम र सीसा उत्खननका लागि नमूना परीक्षण हुँदै
    images
    images
    images

    गुल्मी। गुल्मीमा तामा, फलाम र सीसाको उत्खननका लागि खानीको अनुसन्धान शुरू गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सीसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।

    छ दशक पहिले तामा, फलाम र सीसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो । सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान शुरू भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा कविराज पौडेलसहित नौजनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सीसाको नमूना सङ्कलन गरेर शनिवार फर्किएको छ । उनीहरूले पुस मसान्तभित्र नमूनाको नतीजा दिनेछन् ।

    भार्सेको देउराली, चाहारे, भैंसे, झुलेनी, चालपात, लुराङ्ग, पैयाँपाटा, खैरेनी र खाडा गाउँँमा रहेका विभिन्न खानीबाट नमूना सङ्कलन गरिएको हो । भार्सेबाट तामा, फलाम र सीसा बन्ने कच्चा पदार्थ धाउ बागलुङमा लगेर जाने गरेको पनि इतिहासका रूपमा रहेको स्थानीय नरू बुढाथोकीले बताए । भार्से गाउँ थाप्ले लेकको काखमा छ । यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् ।

    भार्सेमा १२औं पुस्ता अगाडि तामा, फलाम र सीसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताउँदै आएका छन् । अनुसन्धानका क्रममा तामा, फलाम र सीसा खानी साबित भएमा सत्यवती गाउँँपालिकाले उत्खनन शुरू गर्नेछ । 

    इतिहासका रूपमा रहेको तामा, फलाम र सीसा खानीको वास्ताविकता पत्ता लगाइ खानी साबित भएमा उत्खनन गरेर आर्थिकरूपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij