बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

मेस्सीले विश्वकपमा लगाएको कालो पहिरन के हो? यस्तो छ त्यसको महत्व

मेस्सीले विश्वकपमा लगाएको कालो पहिरन के हो? यस्तो छ त्यसको महत्व

images
  • 545
    SHARES

  • images
    images
    images
    मेस्सीले विश्वकपमा लगाएको कालो पहिरन के हो? यस्तो छ त्यसको महत्व
    images
    images
    images


    काठमाडौं ।आइतबार राति ३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गर्‍यो । यसअघि उसले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिनाको जितपछि क्यामेराले केही मिनेटसम्म लियोनल मेस्सीलाई पछ्याइरह्यो । उनको अनुहारको भाव देखेर कोहीको आँखामा आँसु आयो भने कोही उत्सवमा नाच्न थाले ।

    जितका हिरो बनेका मेस्सीले एकपछि अर्को गर्दै खेलाडीलाई अँगालो हालेको देखियो । जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा पाइला टेकेका थिए, जसमध्ये एउटालाई लिएर सामाजिक सञ्जालमा मानिसहरूले प्रश्न र जवाफ दिइरहेका छन् । मेस्सी पहिलो पटक स्टेज चढ्दा उनलाई गोल्डेन बल अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ ।

    images
    images
    images

    त्यसपछि अर्जेन्टिनाका खेलाडीहरू फिफा विश्वकप ट्रफी लिन एक/एक गरेर स्टेजमा पुगे, यसैबीच सबैका आँखा मेस्सीलाई खोजिरहेका थिए । मेस्सी सबैभन्दा अन्तिममा स्टेजतर्फ अघि बढे । उनलाई स्टेजमा पदक दिएपछि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए । यो पोशाकलाई लिएर सामाजिक सञ्जालमा केहीले प्रश्न उठाइरहेका छन् भने केहीले यसको पक्षमा लेखिरहेका छन् । योसँगै कतिपयले यो पहिरन के हो र यसलाई के भनिन्छ भनेर जान्न खोजिरहेका छन् ।

    बिष्ट के हो ?

    कतार विश्व कप आयोजक समितिका महासचिव हसन अल थावादीले बीबीसी स्पोर्टसँगको कुराकानीमा यसबारे जानकारी दिएका छन् । उनले भने, ‘यो आधिकारिक पोशाक हो र यो विशेषगरी समारोहको लागि लगाइन्छ । यो मेस्सीको जीतको सम्मानमा उनलाई लगाइएको थियो । ’

    उनले भने, ‘विश्वकप हाम्रा लागि अरब र मुस्लिम संस्कृतिको दुनियाँलाई देखाउने अवसर थियो । यो कतारको लागि होइन, यसले एक क्षेत्रको उत्सवको आनन्द देखाएको छ ।’ मेस्सीले लगाउने पहिरनलाई बिष्ट पनि भनिन्छ । यो अरब देशहरूमा एक प्रकारको सांस्कृतिक पोशाक हो । यो विशेष अवसरहरूमा मात्र लगाइन्छ ।

    यसै कारण आइतबार राति जितलाई विशेष बनाउनका लागि मेस्सीलाई जालीदार, सुनौलो रङले सजाइएको पोसाक लगाइएको थियो ।
    तर, यो पोशाक मेस्सीलाई लगाइदिँदा उनी आफैँलाई पनि कसरी लगाउने भन्ने बुझेका थिएनन् । शेख तमिम बिन हमादले मेस्सीलाई यो पोशाक लगाउन मद्दत गरे । त्यसपछि मेस्सी ट्रफी लिएर खुसी हुँदै आफ्नो टोलीतर्फ लागे र रंगशालामा आतिशबाजी सुरु भयो ।

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष ४ २०७९०६:५७:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij